शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दाङमा बालिकामाथि सामूहिक बलात्कार

बिहीबार, ३१ भदौ २०७८, २१ : २२
बिहीबार, ३१ भदौ २०७८

दाङमा एक बालिकामाथि सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका–१३ स्थित शितलपुरमा रहेको एक होटलमा बालिकामाथि सामूहिक बलात्कारको घटना सार्वजनिक भएको हो ।

गएको भदौ २७ गते दिउँसो करिब ४ बजे १४ वर्षकी बालिकामाथि सामूहिक बलात्कार भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए । बालिकालाई दुई जनाले प्रलोभनमा पारेर होटलमा लगेर सामूहिक बलात्कार गरेको डिएसपी अर्यालले बताए ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले कैलाली घर भई हाल तुलसीपुर उपमहागनरपालिका–११ बेलटाकुरामा बस्दै आएका २२ वर्षीय विष्णु सुनारलाई पक्राउ गरेको छ । उनलाई शान्तिनगर गाउँपालिका–५ रगैचाबाट दिउँसो प्रहरीले पक्राउ गरेको हो । घटनामा संलग्न अर्का युवक भने फरार रहेका छन् । बालिकाको अत्याधिक रक्तश्राव भएपछि घटना बाहिर आएको हो । बालिकालाई पानी पुरी खाने भन्दै मोटरसाइकलमा हालेर लगिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप