बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
पत्रपत्रिका

सुरक्षा निकायमा युवाको आकर्षण

शुक्रबार, ०१ असोज २०७८, ०६ : ५२
शुक्रबार, ०१ असोज २०७८

राज्यका  प्रमुख  सुरक्षा  निकायहरूमा  जागिर  खान  इच्छुक  किशोरकिशोरीको  आकर्षण बढेको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले रिक्त दरबन्दीका लागि विभिन्न समयमा आह्वान गरेको खुला तथा  समावेशी  प्रतिस्पर्धाबाट जागिरका लागि आवेदन  गर्नेहरूको सङ्ख्या बढ्नुले यसको सङ्केत गर्दछ ।

नेपाल प्रहरीले केही महिनाअघि पाँच हजार २२७ जना प्रहरी जवानको माग गरेको थियो । सो पदका लागि करिब ९५ हजार आवेदन परेको छ । यसअनुसार एउटा पदका लागि १८ जनाबीच प्रतिस्पर्धा भएको देखिन्छ । 

त्यस्तै नेपाली सेनाले पनि यही १८ गतेबाट चार हजार सैन्य (सिपाही)को माग गरेको छ । सैन्यमा भर्ना हुन दरखास्त  आवेदन  दिन  आउनेहरूको  सैनिक  मुख्यालयलगायत विभिन्न बाहिनी  र  गणहरूमा  किशोरकिशोरीको  भीड  देखिन्छ । सेनाले  खुला  तथा  समावेशी  प्रतिस्पर्धाबाट  जनशक्ति आपूर्ति गर्न सैन्य (सिपाही)देखि  प्राविधिक  परिचारिक (नर्सिङ) हेल्थ असिस्टेन्ट, मेकानिकल्स र पुजारीलगायत चार हजार ४६१ पदका लागि दरखास्त आह्वान गरेको छ ।

सुरक्षा निकायहरूको तल्लो तहको दर्जा सैन्य, सिपाही तथा जवानका लागि शैक्षिक योग्यता साधारण शिक्षा (८ कक्षा उत्तीर्ण) र १८ देखि २२ वर्ष उमेर तोकिएकाले सो दर्जामा आवेदन दिनेहरूको सङ्ख्या उल्लेख्य हुने गरेको प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवर बताउछन् ।

यस  पटक  सेनाले  भदौ  १८  र  ३०  गते  दुई  पटक  गरी  चार  हजार  ४६१  जना  जनशक्तिको  माग  गरेको  छ । एउटा सैन्य पदका लागि १५ देखि २० जनासम्मको आवेदन पर्ने अनुमान गरिएको छ । राज्यका अन्य सुरक्षा निकायभन्दा सेनाप्रति किशोरकिशोरीको आकर्षण बढेको देखिन्छ  । यो समाचार गोरखापत्र दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप