बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सुन्दर विश्वकर्माको अध्यक्षतामा एकीकृत समाजवादी बारा गठन

शुक्रबार, ०१ असोज २०७८, ०८ : ४७
शुक्रबार, ०१ असोज २०७८

प्रदेश सांसद सुन्दर विश्वकर्माको अध्यक्षतामा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) बारा जिल्ला कमिटीको घोषणा भएको छ । बिहीबार कलैयामा भएको जिल्ला भेलाले प्रदेश सांसद सुन्दर विश्वकर्माको अध्यक्षतामा २५१ सदस्यीय जिल्ला कमिटीको घोषणा भएको हो ।

अध्यक्ष विश्वकर्मा नेकपा एमाले बाराका जिल्ला अध्यक्ष समेत हुन् । एकीकृत समाजवादी बारा जिल्ला कमिटीको उपाध्यक्षमा उसमान अन्सरी र बिजेन्द्र चौधरी सचिवमा विक्रम ठाकुर र उपसचिवमा राजेन्द्र प्रसाद कलवारलाई चयन गरिएको छ । 

त्यस्तै जिल्ला कमिटी सदस्यहरूमा बतहु यादव, ध्रुव यादव, कृष्ण खनाल, रमेश सुबेदी, सुभाष साह, बलिराम ठाकुर, गौरी ढकाल, शुभनारायण साह, राजेश पटेल, गणेश रिजाल, मनोज गुप्ता लगायतका छन् ।

सो भेलालाई सम्बोधन गर्दै नेकपा एसका केन्द्रिय सदस्य नागेन्द्र चौधरीले  समाजवादी आन्दोलनका लागि एकीकृत समाजवादी पार्टीमा आवद्ध हुन आह्वान गरेका छन् ।
 
एमाले अध्यक्ष केपी ओलीको दम्भ, घमण्ड एवं तानाशाही शैलीका कारण कम्युनिस्ट आन्दोलनले ठुलो नोक्सानी भएको बताउँदै नेता चौधरीले कम्युनिस्ट आन्दोलनको संरक्षण तथा जोगाउनका लागि एकजुट भएर आगाडि बढ्न निर्देशन दिए । 

त्यस्तै अर्का केन्द्रीय सदस्य दिनेश राईले ओलीले पार्टीलाई एउटा कम्पनीको रूपमा एमाले अगाडि बढन खोजेपछि विद्रोह गर्नुपरेको बताए । झन्डै दुई तिहाईको ओली सरकारले जनताको पक्षमा काम नगरी मनोमानी रूपमा अगाडि बढ्दा कम्युनिस्ट पार्टीले नोक्सानी व्यहोर्नु परेको बताए । 

भेलामा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य बिभा कार्की, प्रदेश सांसद सीता गुरुङ,  प्रदेश २ कमिटीका सदस्य छ्ठु यादव, श्रीप्रसाद पासवान, बिक्रम राम, सुरेन्द्र यादव, छबिलाल उप्रेती, अनेम संघका केन्द्रीय सदस्य चमिना भट्टराई लगायतको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप