आज विश्वकर्मा पूजा मनाइँदै, तस्बिरमा हेर्नुहाेस्
कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदूरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । आज फलामबाट बनेका सामग्री तथा गाडीहरूको पूजा पनि गरिन्छ ।
द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरूले दुःख दिएपछि विश्वकर्माले समुद्रका बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रका बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ ।
प्राचीन भारतवर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रका बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तुविद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मानिन्छ ।
हेर्नुहाेस् भद्रकालीमा सवारी साधनहरुको पूजा गरेर विश्वकर्माको पूजा मनाइँदै गरेएका तस्बिरहरु :















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महावीरले तोके आफ्नो कार्यकाल
-
मन्त्रिपरिषद् पुनर्गठन : कसको वरीयता कति ?
-
विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो, १९ महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्न पर्याप्त
-
सचिव कृष्णहरि पुष्करमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान सुरु
-
विप्रेषण आप्रवाहमा ४१ प्रतिशतको ऐतिहासिक छलाङ, १० महिनामै भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स
-
बागमती कप टी–२० को उपाधि चितवनलाई, काठमाडौँ सुपरओभरमा पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण