शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सुन्दर र बेदाग अनुहारका लागि ‘ब्लु टी’

शुक्रबार, ०१ असोज २०७८, १० : ४६
शुक्रबार, ०१ असोज २०७८

प्रायः व्यक्तिहरु बिहान तातो चिया पिउने गर्छन् । बिहान कालो चिया र ग्रिन टि पिउनु फाइदाजनक मानिन्छ । कालो चियाले पेटका रोगहरु कम गराउन मद्दत गर्छ भने ग्रिन टिले तौल कम गर्न मद्दत गर्छ । 

कालो चिया र ग्रिन टि मात्र होइन शरीरका लागि ब्लु टि पनि उत्तिकै फाइदाजनक छ । ब्लु टिको बारेमा चर्चा कम हुने गर्छ । तर यसको फाइदा पनि कालो चिया र ग्रिन टि जति नै हुन्छ । 

ब्लु टिको रंग निलो हुन्छ । यो चिया अपराजिता फूल (Butterfly pea flower) बाट बन्छ । यो चियालाई बटरफ्लाई टि पनि भनिन्छ ।

फाइदाहरुः
ब्लु टिको सेवन शरीरलाई डिटोक्स गर्नका लागि गरिन्छ । शरीरमा भएका अनावश्यक तत्त्वहरुलाई बाहिर निकाल्न यो चिया फाइदाजनक मानिन्छ । यसले शरीरको रगत पनि सफा हुन्छ । यसले अनुहारको दागधब्बा हटाउन पनि मद्दत गर्छ ।

यसको नियमित सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । र, रोगहरु लाग्नबाट बचाउँछ । 

यो चियाले टाउको दुखाई कम गर्न मद्दत गर्छ । टाउको दुख्ने समस्या भएकाले यसको सेवन गर्दा टाउको दुख्ने समस्या कम हुन्छ । यसका साथै, यसले माइग्रेनको समस्यामा पनि गुणकारी मानिन्छ । 

यो चिया पिउँदा रगतमा चिनीको मात्रा नियन्त्रण हुन्छ । यसले चिनीको मात्रा बढ्न रोक्छ । यो फूलको चिया मधुमेहका रोगीले पिउन आवश्यक छ । 

ब्लु टि पिउँदा अनुहारमा ग्लो आउँछ । अनुहारको छालामा निखार आउँछ । यसका साथै, अनुहारको दाग धब्बा पनि हटाउँछ ।

कसरी बनाउने ? 
यसका लागि अपराजिताका निला फिूलहरु जम्मा गर्ने र त्यसमा पानी, चिनी, कागती आवश्यकताअनुसार हाल्ने । एक कप पानी उमाल्ने र त्यस पानीमा फूल हाल्ने । पानीको रंग निलो भएपछि पानीलाई निचोरेर निकाल्ने र त्यसमा कागतीको थोपा हाल्ने । यसमा नुन पनि हालेर पिउन सकिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप