एकीकृत समाजवादीको केन्द्रीय कार्यालय उद्घाटन, तस्बिरमा हेर्नुहाेस्
शुक्रबार, ०१ असोज २०७८, १० : ५३
नेकपा एमालेबाट विभाजन भएर बनेको नयाँ दल नेकपा एकीकृत समाजवादीले आफ्नो केन्द्रीय कार्यालय उद्घाटन गरेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालले एक कार्यक्रमबीच काठमाडौँस्थित नयाँ पार्टी कार्यालयको उद्घाटन गरेका हुन् । नेपालले रिबन काट्दै नयाँ भवनमा प्रवेश गरेका थिए ।
पार्टीले छिट्टै मुखपत्र, बुलेटिन र सामाजिक सञ्जाल पनि प्रकाशन गर्ने एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए । नेकपा एमाले विभाजनपछि गठित एकीकृत समाजवादीले निर्वाचन आयोगबाट गत भदौ ९ गते राजनीति दलको मान्यता पाएका थियो । एकीकृत समाजवादीले यसअघि मीनभवनस्थित एक घरबाट कार्यालय चलाइरहेको थियो ।





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महावीरले तोके आफ्नो कार्यकाल
-
मन्त्रिपरिषद् पुनर्गठन : कसको वरीयता कति ?
-
विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो, १९ महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्न पर्याप्त
-
सचिव कृष्णहरि पुष्करमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान सुरु
-
विप्रेषण आप्रवाहमा ४१ प्रतिशतको ऐतिहासिक छलाङ, १० महिनामै भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स
-
बागमती कप टी–२० को उपाधि चितवनलाई, काठमाडौँ सुपरओभरमा पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण