शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भिडियोमा निताको प्रेम पीडा

शुक्रबार, ०१ असोज २०७८, ११ : १६
शुक्रबार, ०१ असोज २०७८

गायक रामकुमार नेपालीको स्वर रहेको गीत ‘यतातिर दुख्यो कहिले...’ सार्वजनिक भएको छ । गीत आकर्षक म्युजिक भिडियोसहित सार्वजनिक भएको हो । जसमा अभिनेत्री निता ढुङ्गानाको प्रेम, रोमान्स र प्रेमपीडा देखाउन खोजिएको छ ।

गीतमा शब्द तथा संगीत समेत गायक नेपालीकै रहेको छ । भिडियो अभिनयमा नितालाई अशोक केसी, सुभाष सुवेदी, समीक्षा भुजेल, निराजन केसी, बालकलाकार सोनाम, विष्णु बरुवाल, लिला कार्की बरुवाल, बडाल कार्की, अनिता खड्का, विवेक केसीले साथ दिएका छन् ।

क्रान्ति केसीको निर्देशन रहेको भिडियोमा प्रेम पीडा देखाउन खोजिएको छ । भिडियोमा उत्सव दाहालको छायाँकन तथा क्रान्ति केसीको सम्पादन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप