बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रियंका चोपडाको शोमा किन भयो हंगामा, नायिकाले माफी नै मागिन्

शुक्रबार, ०१ असोज २०७८, ११ : ५७
शुक्रबार, ०१ असोज २०७८

बलिउड नायिका प्रियंका चोपडा कार्यक्रम ‘द एक्टिभिस्ट’ को हिस्सा बनेका कारण ट्रोल भएकी छिन् । ग्लोबल सिटिजनको शोमा विवाद बढ्दै गएपछि नायिकाले सोसल मिडियामा एउटा लामो पोस्ट सेयर गरेर माफी मागेकी छिन् । प्रियंका चोपडाले यो शोको हिस्सा बनेकोमा माफी मागेकी छिन् ।

प्रियंका चोपडाले के भनिन् ?

नायिकाले लेखिन्, ‘म अघिल्लो हप्ता तपाईंको आवाजको शक्ति देखेर प्रभावित भएकी छु । एक्टिभिजमले सधैं यसैका कारण र प्रभावले शक्ति पाएको छ र अब मानिसहरु एकजुट भएर कुनै मुद्दाको विषयमा आफ्नो आवाज उठाउँछन् र यसको सधैं असर हुने गर्छ । तपाईंको आवाज सुनिएको छ ।’

‘शोले यसलाई गलत तरिकाले लिएको छ र म माफी माग्न चाहन्छु किनभने म यो शोको हिस्सा बन्दा मैले धरैलाई निराश बनाएँ । हाम्रो उद्देश्य पहिल्यै देखि यो आइडियाको पछाडि काम गरिरहेका मानिसहरुलाई ध्यान दिनु र उनीहरुको क्रियाकलाप र प्रभावलाई हाइलाइट गर्नु थियो । यो नयाँ फर्मेटमा उनीहरुको कहानी हाइलाइट भइरहेकोमा मलाई खुसी छ । म यस्तो संस्थानसँग जोडिन पाउँदा खुसी छु जसले जमिनसँग जोडिएका कुरालाई बुझ्छन् र कहिले यो रोक्ने र कहिले पुनः सुरु गर्ने भन्नेबारे थाहा पाउँछन् ।’

प्रियंकाले लेखिन्, ‘एक्टिभिस्टको एउटा विश्वव्यापी समुदाय हो जसले हरेक दिन दुनियाँमा परिवर्तन ल्याउनका लागि आफ्नो रगत पसिना, आँसु बगाउँछन् । तर उनीहरुको कुरा धेरै मानिससम्म पुग्दैन । उनीहरुको काम अत्यावश्यक छ र उनहरुलाई पहिचान मात्रै होइन, यसको लागि उत्सव पनि मनाउनुपर्छ । तपाईंहरु सबैलाई धन्यवाद जसले यो सबै गर्नुभयो ।’

के हो द एक्टिभिस्ट ?

द एक्टिभिस्ट एक रियालिटी हो हो जसमा ६ प्रतियोगी (सामाजिक कार्यकर्ता) लाई तीन समूहमा बाँडिएको छ । एक समूहमा दुई प्रतियोगी हुनेछन् । उनीहरु शोमा आफूले छानेको मुद्दाका लागि लड्नेछन् । हरेक एक टिमलाई एक चर्चित होस्ट दिइनेछ । एक्टिभिस्टको समूहलाई भिन्न भिन्न टास्क र च्यालेन्ज दिइनेछ । यसका लागि उनीहरुबीच प्रतिस्पर्धा हुनेछ । उनीहरुले यतिबेला आफ्नो मुद्दा पनि प्रोमोट गर्नेछन् । यी एक्टिभिस्टलाई अनलाइन इन्गेजमेन्ट, सोसल मिट्रिक र होस्टको इनपुटको आधारमा निर्णय गरिनेछ । शो जित्ने एक्टिभिस्टले नगद पुरस्कार पनि पाउनेछन् साथै उनीहरुलाई जी२० शिखर सम्मेलनमा भाग लिने मौका पाउनेछन् ।

द एक्टिभिस्टमाथि किन भइरहेको छ हंगामा ?

द एक्टिभिस्टको पूरा विवाद यसको फर्मेट र यहाँका तीन होस्टको विषयमा छ । शोमा अभियन्ताबीच प्रतियोगिता गराएका कारण शोको ट्रोल भइरहेको छ । मानिसहरुले अभियन्ता र प्रतियोगितालाई मिक्स गर्दा शो ट्रोल गरियो र यसविरुद्ध आफ्नो आवाज उठाए । रियालिटीलाई पाखा लगाएर यसलाई एलिट, क्यापिटलिस्ट र बिजनेस माइन्डेड अप्रोच दिइएको आरोप लगाइएको छ । प्रियंका चोपडा, उसर र जुलियाने मोर यो सिरिजका होस्ट हुन् ।

शोको फर्मेट परिवर्तन गर्ने तयारी !

विवाद बढेका कारण ग्लोबल सिटिजनले आफ्नो माफीनामाको घोषणा गर्दै शोको फर्मेट परिवर्तन गर्ने बताएको छ । कार्यक्रमलाई पुनः सुट गर्नेछ र यसबाट प्रतिस्पर्धा हटाइदिने बताइएको छ । अब द एक्टिभिस्टलाई डकुमेन्ट्री झैं सुट गरिने पनि बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप