बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आई पे रेमिट तीज टिकटक च्यालेञ्ज योजनाका विजयी घोषणा

शुक्रबार, ०१ असोज २०७८, ११ : ५९
शुक्रबार, ०१ असोज २०७८

काठमाडौं । आई पे रेमिटले हरितालिका तीजको अवसरमा घोषणा गरेको टिकटक च्यालेञ्जमा रञ्जु देवकोटाले बम्पर उपहार जित्न सफल भएकी छिन् । कम्पनीका ब्रान्ड एम्बेसडर वर्षा सिवाकोटीले विजेताको नाम एक कार्यक्रमका बीच घोषण गरेकी हुन् ।

त्यसैगरी टिकटक भिडियोमा सर्वाधिक लाइक र भ्युजको आधारमा अम्बिका भुषाल छनोटमा परेकी छिन् ।

हरेक दिन ५ जनालाई ५०० टप अप तथा सर्वाधिक लाइक र भ्युजको आधारमा १ जनाले १० हजार र बम्पर १ जना गरी ६२ जनाले प्रत्यक्ष रुपमा पुरस्कार हात पार्न सफल भएका छन् ।

आई पे रेमिटले समय सापेक्ष यस्तै थुप्रै योजनाहरु सार्वजनिक गरिसकेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिँदै जाने आई पे रेमिटका बजार प्रमुख रुप नारायण श्रेष्ठले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप