मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सानिमा इक्विटी फन्डको ३३ प्रतिशत लाभांश नेप्सेमा समाहित, अब कति पुग्ला मूल्य ?

शुक्रबार, ०१ असोज २०७८, १२ : २२
शुक्रबार, ०१ असोज २०७८

सानिमा इक्विटी फन्डको ३३% नगद लाभांशको मूल्य नेपाल स्टक एक्सचेन्ज नेप्सेमा समायोजन भएको छ । कम्पनीले हालैमात्र आफ्ना इक्विटी फन्डका लाभग्राहीहरुलाई घोषणा गरेको नगद लाभांशको मूल्य नेप्सेमा समाहित भएको हो । 
मूल्य समायोजनपछि नेप्सेमा यस फन्डको भाउ प्रतिइकाई १२ रुपैयाँ ८५ पैसा कायम भएको छ । अब आइतबार यस फन्डको कारोबार समायोजित मूल्यलाई आधार मानेर खुल्नेछ । फन्डको बिहीबारको मूल्य १६ रुपैयाँ १५ पैसामा समायोजन भएको हो । 

सानिमाले नगद लाभांश वितरणका लागि आजै शुक्रबार (असोज १ गते) बुक क्लोज गरेको छ । भदौ ३१ गतेसम्म कायम सेयरधनीले फन्डले वितरण गर्ने नगद लाभांश हात पार्न सक्नेछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप