बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

शिल्पा शेट्टीको बयानमा शर्लिन चोपडाको यस्तो कटाक्ष (भिडियो)

शुक्रबार, ०१ असोज २०७८, १२ : ४४
शुक्रबार, ०१ असोज २०७८

पोर्नोग्राफी मुद्दामा व्यापारी राज कुन्द्रा जेलमा छन् । राज कुन्द्रामाथि अश्लील फिल्म बनाएर ओटीटी प्लेटफर्म बेचेको आरोप छ । यो केसमा शिल्पा शेट्टीले मुम्बई क्राइम ब्रान्चमा आफ्नो बयान पनि दर्ता गरेकी थिइन् । शिल्पाले आफ्नो बयानमा आफूलाई राज कुन्द्राको व्यवसायबारे केही पनि थाहा नभएको बताएकी थिइन् । उनका अनुसार उनले राजलाई उनको व्यापार बारे न त सोध्थिन् न नै राज कुन्द्राले उनलाई केही भन्थे । उनले आफू काममा अति नै व्यस्त भएका कारण पनि यसबारे थाहा नपाएको बताइन् ।

अब नायिका शर्लिन चोपडाले शिल्पा शेट्टीको बयानमा प्रतिक्रिया दिएकी छिन् । उनले सोसल मिडियामा एउटा भिडियो सेयर गरेकी छिन् । स्मरण रहोस्, शर्लिन चोपडाले राज कुन्द्राविरुद्ध थुप्रै बयान दिएकी छिन् ।

भिडियो सेयर गरेर शर्लिनले भनिन् यसोः

शर्लिनले भिडियोमा भनिन्, ‘केही मिडिया रिपोर्टका अनुसार दिदिले उनलाई आफ्ना पति देवका यी क्रियाकलापबारे केही थाहै नभएको बताएकी छिन् । अझ दिदिले त उनका पति देवका चल–अलच सम्पत्तिको स्रोतको जानकारी पनि नभएको बताएकी छिन् । अब यो कुरामा कत्तिको सत्यता छ यसको अनुमान तपाई आफैं लगाउन सक्नुहुन्छ । ’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप