शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

संविधान संशोधन गर्न संविधान दिवसकै दिन बृहत नागरिक आन्दोलनले दबाब दिने

शुक्रबार, ०१ असोज २०७८, १२ : ५६
शुक्रबार, ०१ असोज २०७८

बृहत् नागरिक आन्दोलनले असोज ३ गते संविधान संशोधनका लागि दबाब दिने उद्देश्यले राजधानीमा मार्च (र्याली) आयोजना गर्ने भएको छ । संविधान दिवसकै दिन पारेर नागरिक आन्दोलनले दिउँसो २ बजे माइतीघरबाट संसद् भवन अगाडिसम्म र्याली आयोजना गर्ने भएको हो । सो अवसरमा ‘संविधान पुनर्लेखन र संशोधन दबाब सभा’मा आयोजना गरिने जनाइएको छ ।

‘संविधान जसरी बनाइयो त्यसप्रति असन्तुष्ट समुदायहरूलाई हालसम्म पनि विश्वासमा लिने कुनै राजनीतिक प्रक्रिया सुरू गरिएको छैन,’ बृहत नागरिक आन्दोलनका तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘संविधान अधुरो र अपुरो छँदैछ, त्यसलाई पूर्ण र स्वामित्वसहितको बनाउन पूरा नभएका मुद्दाहरू सम्बोधन गर्नेतर्फ राज्यको पहलसमेत भएको छैन ।’

जनताका नैसर्गिक हक अधिकार संविधानमार्फत हासिल गर्न असोज ३ गते संविधान संशोधनको आवाज बुलन्द गर्न पनि नागरिक आन्दोलनले आह्वान गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप