महिलाले अर्डर गरिन् चिकेन बर्गर, पहिलो गाँसमै भेटिन् मान्छेको औंला
एक महिलाले फास्ट फूड रेस्टुरेन्टमा चिकेन बर्गर अर्डर गरिन् । महिलाले बर्गरको पहिलो गाँसमै जे भेटिन्, त्यो देखेपछि उनको हालत खराब भयो ।
न्यूयोर्क पोस्टको रिपोर्ट अनुसार बोलिभियामा बस्ने इस्टेफनी बेनिटेज एक फास्ट फूड रेष्टुरेन्टमा बर्गर खान गएकी थिइन् । पहिलो बाइट लिँदा उनले केही कडा चिज महसुस गरिन् । जब बेनिटेजले के रहेछ भनेर हेरिन् तब उनको होस उड्यो किनभने चिकेन बर्गरभित्र मानिसको औंला भेटिएको थियो ।
यो घटनाबारे इस्टेफनी बेनिटेजले फेसबुकमा जानकारी दिएकी छिन् । उनले घटना गत आइतबार भएको उल्लेख गरेकी छिन् ।
उनले उक्त बर्गर, भेटिएको मान्छेको औंला र यसबारे रेष्टुरेन्टको प्रतिक्रियालाई सोसल मिडियामा पोस्ट गरेकी छिन् ।
उनले यसबारे रेष्टुरेन्टका कर्मचारीलाई जानकारी दिँदा बर्गर पहिले नै तयार भएर स्टोरमा पुग्ने र यसअघि यस्तो कहिल्यै नभएको बताइन् । साथै रेष्टुरेन्टको तर्फबाट बर्गरको पूरा पैसा फिर्ता दिइने पनि बताइयो ।
सोसल भिडियामा महिलाको पोस्ट व्यापक रुपमा सेयर गरिएपछि बर्गर कम्पनीका प्रवक्ता दाहमेर–एस्क्वेले यसलाई ‘दुर्भाग्यपूर्ण घटना’ बताउँदै मासु काट्ने बेला उनका एक कर्मचारीको चोरी औंला काटिएको जानकारी दिइन् । उनको सो कुरा स्थानीय प्रहरीले पनि पुष्टि गरेको छ ।
यसैबीच स्थानीय प्रशासनले रेष्टुरेन्टको यो ब्रान्चलाई अस्थायी रुपमा बन्द गर्ने र कम्पनीमाथि जरिवाना लगाउने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानले इजरायलमाथि आक्रमण गरेपछि बढ्यो तेलको भाउ, सुनको मूल्यमा पनि कीर्तिमान
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माको प्रश्न– यामलालजीले जे भन्यो त्यही हामीले मान्नुपर्ने ?
-
तनहुँमा सात दशमलव पाँच किलोमिटर सडक कालोपत्र
-
मध्य पूर्वमा महायुद्ध छेडिने सङ्केत
-
काठेखोला गाउँपालिका आधारभूत अस्पताल निर्माण गर्दै
-
विमानस्थलबाट २ अर्ब ९४ करोड रुपैयाँको सुन चोरी मामिलामा विमानस्थलका ६ कर्मचारी पक्राउ