शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘आशा राखी’ मा रमेश र मुनाको रोमान्स

शुक्रबार, ०१ असोज २०७८, १७ : ४७
शुक्रबार, ०१ असोज २०७८

विदेशमा रहेर पनि नेपाली गीत संगीतमा सक्रिय रहँदै आएका गीतकार तथा मोडल रमेश दियालीको गीत ‘आशा राखी’ सार्वजनिक भएको छ । माया प्रेमले भरिएको गीतमा ओएसआर डिजिटलले बाहिर ल्याएको हो । दियालीकै शब्द तथा सुरेश अधिकारीको संगीत रहेको गीतको म्युजिक भिडियो समेत बनेको छ । अमेरिकामा तयार भएको भिडियोमा प्रेमिल जोडीको माया प्रेमको कथा छ । 

भिडियो अभिनयमा गीतकार रमेश दियालीलाई मुना क्षत्री र श्रद्धा परियारले साथ दिएका छन् । लक्ष्मण दियालीको निर्देशन रहेको भिडियो विनोद लाम्गादेले छायाँकन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप