शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

चोरी भएका २४ मोटरसाइकल र स्कूटर भेटिए

शुक्रबार, ०१ असोज २०७८, १८ : ३९
शुक्रबार, ०१ असोज २०७८

महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका र चोरी भएका मोटरसाइकलहरु सम्बन्धित व्यक्तिहरुलाई हस्तान्तरण गरेको छ । 

शुक्रवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महाशाखाले घुस फिर्ता गर्ने प्रहरी कर्मचारीहरुलाई सम्मान तथा चोरी भइ भेटिएका मोटरसाइकलहरु सम्बन्धित व्यक्तिहरुलाई  हस्तान्तरण गरेको हो । 

कार्यक्रममा ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले २४ वटा हराएका मोटरसाइकल र स्कूटर काठमाडौं उपत्यकाबाट फेला पारी सवारी धनीहरुलाई बुझाएको बताए । मनोबल उच्च बनाउनका लागि घुस फिर्ता गर्ने प्रहरी कर्मचारीहरुलाई सम्मान गरिएको पनि बताए । 

प्रमुख एसएसपी भट्टराईले भने, ‘भेटिएका मोटरसाइकलहरु हस्तान्तरण गरेका छौँ र चोरसहित भेटिएका मोटरसाइकलहरुलाई कानूनि दायरामा ल्याउनुपर्ने भएको कारण मुद्दा दर्ता गरेका छौँ, हराउने क्रम घटाउनलाई जोडबल दिनुपर्छ, यसमा हामी हाम्रो तर्फबाट लागिरहेका नै हुन्छौँ, हराउन नदिनका लागि जनचेतनाका कार्यक्रम नै आयोजना गर्नुपर्छ कि जस्तो लाग्छ, आफ्नो सवारी हराउन नदिनलाई सवारी धनीको पनि रोल हुन्छ, त्यो रोलको बारेमा सवारी धनीलाई बुझाउनुपर्छ, अबको प्लान त्यतातिर छ ।’

प्रमुख भट्टराईले प्रहरी कर्मचारीहरुलार्य आफ्नो आचरण र व्यवहारमा शुद्धता ल्याउन र परिवर्तन गर्न उत्प्रेरित गराउनका लागि गरिएको कार्यक्रम भएको बताए । उनले आर्थिक प्रलोभनमा पार्न खोज्नेहरुलाई कानूनि कारबाहीमा ल्याउनुपर्ने कुराको विकास गरिरहेको भन्दै यसले समाजमा एक किसिमको राम्रो सोचको विकास गर्ने विश्वास व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप