शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

५० रुपैयाँ मै खाना !

शुक्रबार, ०१ असोज २०७८, १९ : ३१
शुक्रबार, ०१ असोज २०७८

काठमाडौं । फूड डेलिभरी क्विक बाइटले ५० रूपैयाँमै घर–घरमा खाना पु¥याउने (होम डेलिभरी) सेवा शुरू गरेको छ । क्वीक–क्वीकद्वारा सञ्चालित अनलाइन फूड डेलिभरी सेवाले शुक्रबार (असोज १ गते) देखि होम डेलिभरी सेवा शुरु गरेको हो ।

पहिलो चरणमा काठमाडौं उपत्यका लक्षित सेवा शुभारम्भ गरेको कम्पनीले जानकारी दिएको छ । अर्डर (माग) गरेको बढीमा एक घण्टाभित्र खाना सम्बन्धित व्यक्तिको हातमा पु¥याउने कम्पनीले दाबी गरेको छ ।

कम्पनीको आधिकारिक अनलाइन एप ‘क्विक बाइट’ मार्फत ग्राहकले खाना अर्डर गर्न पाउनेछन् । अर्डर आएको ६० मिनेटभित्र, त्यो पनि न्यूनतम ५० रुपैयाँमा नै खाना अडर गर्न सकिने कम्पनीका प्रबन्ध निर्देशक विशाल चौलागाईंले रातोपाटीलाई जानकारी दिए । 

‘पहिलोपटक क्विक बाइटले अन्तर्राष्ट्रियस्तरको फूड डेलिभरी सेवा शुभारम्भ गरेको छ । जुन पोर्टलमार्फत सेवाग्राहीले एक प्लेट मम पनि अर्डर गर्न र प्राप्त गर्न सक्छन् । कम्पनीले अर्डरमा कुनै सीमा लगाएको छैन,’ निर्देशक चौलागाईंले भने, ‘जुन क्विक बाइटले पहिलोपटक नेपालमा शुरुवात गरेको छ ।’

यस्तै, न्यूनतम भन्दा न्यूनतम ५० रुपैयाँमा नै काठमाडौं उपत्यकाका जुन कुनै स्थानमा पनि अर्डर डेलिभरी गर्ने चौलागाईंले बताए । हालसम्म ठूला होटल तथा फूड उत्पादकहरूबाट मात्र होम डेलिभरी गर्दै आएकोमा क्विक बाइटले पहिलो पटक लोकल (साना) होटल हरुबाट खाना अर्डर गर्न सकिने सुविधा प्रदान गरेको चौलागाईंले जानकारी दिए । 

नयाँ बानेश्वरमा केन्द्रीय कार्यालय रहेको कम्पनीले हाल चारजना अल्पकालीन सहित १५ जना पूर्णकालीन डेलिभरी स्टाफ राखेर सेवा शुरू गरेको हो । बजारको माग र आवश्यकता अनुसार थप कर्मचारी तथा सेवा विस्तार गरिने चौलागाईंले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप