शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दशैंमा सानिमा बैंकको योजनाः मुद्दती खातामा ९.५१% सम्मको ब्याजदर

शुक्रबार, ०१ असोज २०७८, १९ : ३६
शुक्रबार, ०१ असोज २०७८

काठमाडौं । सानिमा बैंकले दशैंको अवसर पारेर व्यक्तिगत मुद्दती खातामा ९.५१ प्रतिशतसम्म उच्च मासिक ब्याजदर प्रदान गर्ने भएको छ ।

असोज १ गतेदेखि लागू हुने सो योजना अन्तर्गत व्यक्तिगत मुद्दती खातामा ९.५१ प्रतिशतसम्म उच्च ब्याजदर मासिक रुपमा प्रदान गर्ने बैंकले जनाएको छ ।

त्यसैगरी, खाता खोल्दा पहिलो वर्षका लागि डेबिट क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग मेरो शेयर, डिम्याट खाता निःशुल्क प्रदान गरिने पनि बैंकले जनाएको छ ।

यसका साथै बचत खातामा ५ प्रतिशतसम्म ब्याजदर प्रदान गरिनुको साथै दुर्घटनामा मृत्यु भएमा वा स्थायी अपाङ्गता भएमा १० लाखसम्मको दुर्घटना बीमा, ३ लाख बराबरको घातक रोगको बीमा, ५० हजार बराबरको मेडिकल बीमा, वार्षिक ५ हजार बराबरको वार्षिक बहिरंग उपचार खर्च र ५ हजार बराबरको स्वास्थ्य परीक्षण सेवा ग्राहकहरुलाई  प्रदान गरिने बैंकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप