बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश नं १ मा ३१५ जनामा कोरोना सङ्क्रमण

शुक्रबार, ०१ असोज २०७८, २० : ०४
शुक्रबार, ०१ असोज २०७८

पछिल्लो २४ घण्टामा  प्रदेश नं १ मा ३१५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कूल ८५७ जनाको पीसीआर परीक्षण गर्दा १९८ र ६१६ जनाको एन्टिजेन परीक्षण गर्दा ११७ मा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १०० मध्ये विराटनगरमा ५७, सुनसरीमा ६४, झापामा १७, धनकुटामा नौ, भोजपुर र तेह्रथुममा दुई दुई, संखुवासभामा एक र प्रदेश बाहिरका तीन जनामा सङ्क्रमण देखिएको हो । 

प्रदेशमा आजै ३८० जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमण मुक्त हुनेमा १९६ महिला र १८४ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट तीन महिलासहित ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप