शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेकपा एकीकृत समाजवादी गुल्मीको इन्चार्जमा थापा, अध्यक्षमा महत

शुक्रबार, ०१ असोज २०७८, २० : ३४
शुक्रबार, ०१ असोज २०७८

नेकपा एकीकृत समाजवादी गुल्मीको इन्चार्जमा हिमाल थापा चयन भएका छन् । नेकपा एमाले ओली समूहबाट विद्रोह गरी समाजवादीमा प्रवेश गरेका थापालाई इन्चार्जको जिम्मेवारी दिइएको हो ।  समाजवादीले विद्यार्थी नेता श्रीराम महतलाई भने अध्यक्षको जिम्मेवारी दिएको छ । 

जिम्मेवारी पाएलगत्तै अध्यक्ष महतले समाजवादीलाई नै सच्चा एमाले बनाउने दाबी गरे । उनले भने, ‘अब सच्चा एमाले पार्टी भनेकै नेकपा एकीकृत समाजवादी पार्टी बनाउँदै छौं, छिटै जनताले त्यो महशुस गर्नुहुनेछ ।’

उनी नेकपा एमालेमा रहँदा अनेरास्ववियूका जिल्ला अध्यक्षको जिम्मेवारीमा रहेका थिए । केही दिनअघि गुल्मीमा आयोजित सभालाई सम्बोधन गर्दै एमाले नेताहरु प्रदीपकुमार ज्ञवाली र गोकर्ण विष्टले गुल्मीबाट माधव नेपाल नेतृत्वको पार्टीमा जाने एमाले कार्यकर्ता कोही पनि नरहेको दाबी गरेका थिए । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप