शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चन्द्र प्रसाईको गीत ‘परिष्कृत’ मा प्रेम पीडा

शुक्रबार, ०१ असोज २०७८, २१ : २७
शुक्रबार, ०१ असोज २०७८

लोकप्रिय गायक प्रमोद खरेलको स्वर रहेको मार्मिक गीत ‘परिष्कृत’ सार्वजनिक भएको छ । आकर्षक म्युजिक भिडियोसहित सार्वजनिक गीतमा चन्द्र प्रसाई ‘परिष्कृत’को शब्द, राजेन्द्र सुवेदीको संगीत र बि.एन निराकरको एरेन्ज रहेको छ ।

प्रेम र बिछोडको पीडा ब्यक्त गरेको गीतको भिडियोमा प्रतिशा शर्मा रिजाल र सनिश बर्जाचार्यको अभिनय देख्न सकिन्छ । प्रतिशा र सनीशलाई रचु सुवेदी, विबेक सापकोटा, प्रभात किरण सिग्देल र सुमनता घिसिङले अभिनयमा साथ दिएका छन् ।
सिम्पल थिममा थोरै लगानीमा निर्माण भएको गीतको भिडियोले गीतलाई सिगार्ने काम गरेको छ । सजल र सलिल न्यौपानेको कन्सेफ्ट र मनिष वशिष्टको सहयोगमा भिडियो एनइपिएस भिजनको टिमले निर्माण निर्देशक हो । जसमा छायाँकन तथा सम्पादन सलिल न्यौपानेले गरेका हुन् । गीत गीतकार प्रसाइकै च्यानल प्रसाइसन इन्टरटेनमेन्ट टुयुट्वबाट सार्वजनिक भएको हो ।

एक दशक अगाडिदेखि गीत लेखन गर्दै आएका गीतकार परिस्कृतका शब्दमा थुप्रै गीत बजारमा आएका छन् भने धेरैले चर्चा समेत कमाइका छन् । चितवन स्थाई घर भएका प्रसाई सानैदेखि गीत, कविता गुनगुनाउने गर्दथे । गीत, कविता र गजल समेत लेखन गर्दै आएका प्रसाई पछिल्लो समय अमेरिका रहँदै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप