शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

थारु सांस्कृतिक सङ्ग्रहालयको उद्घाटन

शुक्रबार, ०१ असोज २०७८, २२ : ०५
शुक्रबार, ०१ असोज २०७८

धनगढी उपमहानगरपालिका–७ पटेलामा थारु सांस्कृतिक सङ्ग्रहालयको आज यहाँ एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । सो अवसरमा उपमहानगरप्रमुख नृपबहादुर वडले ९८ प्रतिशत थारु जातिको मात्रै बसोबास रहेको पटेला गाउँमा थारु सङ्ग्रहालय स्थापना हुनु आफैँमा गर्वको कुरा रहेको उल्लेख गरे ।

सङ्ग्रहालय हेर्न आउने वातावरण बनाउन आफूले सक्दो सहयोग गर्ने उनले बताए । उनले भने, “पटेला गाउँमा होमस्टे निर्माणका लागि पनि उपमहानगरपालिकाले पहल थाल्ने छ ।”

थारु कला संस्कृतिको जगेर्ना गर्न र आन्तरिक तथा बाह्य पर्यटकलाई थारु जातिबारे विभिन्न जानकारी दिन सङ्ग्रहालयबाट सहयोग पुग्ने अपेक्षा गरिएको छ । थारु जातिको विभिन्न रहनसहन, सांस्कृतिक झल्कने लुगाकपडा, पूराना गरगहनालगायत सामग्री सङ्ग्रहालयमा राखिएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप