बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा समाजवादीले गठन गर्‍यो लुम्बिनी प्रदेश कमिटी, अध्यक्ष मेटमणि

शनिबार, ०२ असोज २०७८, ०९ : १६
शनिबार, ०२ असोज २०७८


 नेकपा एकीकृत समाजवादी पार्टीले लुम्बिनी प्रदेश कमिटी गठन गरेको छ । शुक्रबार  बुटवलमा सम्पन्न सो पार्टीको प्रथम भेलाले  मेटमणि चौधरीको नेतृत्वमा  नेकपा एकीकृत समाजवादीले  लुम्बिनी प्रदेश कमिटी गठन गरेको रुपन्देहीका अध्यक्ष तथा नवगठित प्रदेश कमिटीका सचिव राजु गुरुङ्गले जानकारी दिए । 

हाललाई १ सय ५१ सदस्यीय  प्रदेश कमिटी गठन गरेका छौं , यस प्रदेशका १२ वटै जिल्ला कमिटीहरु पनि गठन भई सकेका छन् गुरुङले भने भेलाले प्रदेशका सबै जिल्लाहरुमा भेला र संगठन बिस्तार गर्ने निर्णय गरेको छ ।

 भेलालाई सम्वोधन गर्दै नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले नेकपा एमालेमा विद्रोह सुरु भएको र अहिले  सलाईको एउटा काँटी मात्रै सल्कीएको तर भोलीका दिनमा विद्रोहको ज्वाला दन्कँदै केपी ओली नेतृत्वको एमाले धरासायी हुने दावी गरेकी थिइन् ।

 कार्यक्रममा नेताहरू विजय पौडेल, सोमप्रसाद पाण्डे, मेटमणि चौधरी र  राजु गुरुङ लगायतले बोल्दै पार्टी अभियानलाई तीव्र रूपमा अघि बढाउने बताएका थिए  । 

  लुम्बिनी प्रदेशका १२ वटा जिल्ला मध्ये गुल्मी जिल्ला सो पार्टीको कमजोरी जिल्ला देखिएको थियो । तर  हिजो केपी ओली समूहबाटै विद्रोह गरेर आएका  तत्कालिन युवा संघका केन्द्रिय सदस्य हिमाल थापा इन्चार्ज र रेसुङ्गा बहुमुखी क्याम्पसका स्ववियु सभापति श्रीराम महत अध्यक्ष रहने गरि गुल्मी जिल्ला कमिटी गठन गरिएको छ । गुल्मी कै गणेश खनाल प्रदेश कमिटी सदस्यमा चयन भएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप