शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

द भ्वाइसका विजेता किरणको नयाँ गीत ‘एकैछिन’

शनिबार, ०२ असोज २०७८, २२ : ०१
शनिबार, ०२ असोज २०७८

गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल सिजन’ ३ विजेता किरण गजमेर र गायिका मेलिना राईको युगल स्वर रहेको बोलको गीत बनेको छ । प्रेमी प्रेमिका एक अर्काे बिना तड्पिएको पीडा र छट्पटी व्यक्त गरिएको गीतको शब्द गोपाल लोहारले कोरेका हुन् । गीतमा वसन्तको संगीत र विषम आचार्यको संगीत संयोजन छ ।

गीतको आकर्षक भिडियो निर्माण भएको छ । जसको छायाँकन ललितपुरको गोदावरीमा गरिएको हो । भिडियोमा प्रभात पाल ठकुरी र कविता न्यौपाने बीचको अनस्क्रिन प्रेम र रोमान्स समेटिएको छ ।  श्याम तामाङको छायाँकन, विकास दाहालको सम्पादन रहेको  भिडियो काजी लिम्बु र श्यामाको संयुक्त निर्देशनमा तयार पारिएको हो । यसअघि गायक गजमेरले ‘किन  मायामा’ गीत ल्याएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप