शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कर्ण दासका छोरा मर्कुश दासको पहिलो म्युजिक भिडियो

आइतबार, ०३ असोज २०७८, ०९ : ३४
आइतबार, ०३ असोज २०७८

गायक कर्ण दासका छोरा मर्कुश दासले रोमान्टिक गीतका साथ पहिलो म्युजिक भिडियो लिएर आएका छन्।

शुक्रबार उनको युट्युबमार्फत ‘थाहा छैन’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा शब्द र संगीत कुशल पोखरेलको छ।  

मर्कुशले चार वर्षअघि मेलिना राईसँग ‘जिन्दगी ओराली उकाली’ बोलको गीत गाएका थिए। गीतले युगल गायनतर्फबाट इमेज अवार्डसमेत जितेको थियो।

स्तरीय गीत भए पनि त्यसको म्युजिक भिडिओ बन्न सकेन। त्यसबाहेक पनि गायक मर्कुशले दुई गीत गाएका छन् जसको अडियो र लिरिकल भिडियो मात्र सार्वजनिक भयो।

पहिलो पटक मर्कुश भिडियोसहितको गीत सार्वजनिक गरेका मुकेश यस गीतका  म्युजिक भिडिओ निर्देशक पनि हुन्। 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप