शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बुद्धभूमि नेपालले ८ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्दै

आइतबार, ०३ असोज २०७८, १२ : ५१
आइतबार, ०३ असोज २०७८

बुद्धभूमि नेपाल हाइड्रोपावरले आगामी असोज ११ गतेदेखि सर्वसाधारण लगानीकर्ताहरूका लागि ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सेयर जारी गर्ने भएको छ । कम्पनीले हालैमात्र आयोजना प्रभावित स्थानीय नुवाकोट वासीका लागि चार लाख कित्ता सेयर बाँडफाँड गरेकोमा दोस्रो चरणका लागि सर्वसाधारणमा कुल ८ लाख कित्ता सेयर जारी गर्न लागेको हो । आईपीओ प्रतिकित्ता एक सय रुपैयाँ अङ्कित दरका रहेका छन् । 

कम्पनीले कुल ८ लाख कित्ता मध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् १६ हजार कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याएर बाँकी रहेको ७ लाख ४४ हजार कित्ता सर्वसाधारणमा जारी गर्ने जनाएको छ । 

इच्छुक आवेदकले छिटोमा सेयर खुल्ला भएको मितिले चार दिन अर्थात् असोज १४ गतेसम्म र ढिलामा असोज २५ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप