शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सुटिङकै क्रममा कलाकार रमेश केसीको निधन

आइतबार, ०३ असोज २०७८, १४ : ०४
आइतबार, ०३ असोज २०७८

कलाकार रमेश केसी ‘मट्टारे’को निधन भएको छ । उनको आइतबार हृदयघातका कारण निधन भएको कलाकार उत्तम केसीले बताए । ‘आइतबार छन्दे स्टुडियोमा उनी एक म्युजिक भिडियो सुटिङ गर्दै थिए’ उत्तमले भने ‘एक्कासी ढल्न पुगे,तुरुन्तै गंगालाल अस्पतालमा पुर्याइएको थियो । तर बचाउन सकिएन ।’

छन्दे स्टुडियो तारकेश्वर नगरपालिका वडा नं ६ महाँकालमा रहेको छ । उनी बिहानै सिरियल ‘हल्के हवल्दार’ टिमको एक म्युजिक भिडियो सुटिङका लागि पुगेका थिए । लामो समयदेखि उनी मुटु सम्बन्धी समस्याबाट पीडित रहेका थिए । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदैछ । अन्त्येष्टि अगाडि उनको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमै केही घन्टा राखिने भएको छ । 

रंगमञ्चबाट अभिनय थालेका केसीले थुप्रै नाक, सडक नाटक, म्युजिक भिडियो, टेलिसिरियल र फिल्मसमेत अभिनय गरेका छन् । उनी पछिल्लो समय सिरियल ‘एकादेशको चुरिफुरी’ ‘हर्के हवल्दार’ लगायतमा देखिँदै आएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप