डेढ अर्ब लगानीमा एशियन कंक्रिटोले इट्टा/टायल लगायत ३० प्रकारका सामाग्री उत्पादन गर्दै
आइतबार, ०३ असोज २०७८, १७ : ००
काठमाडौं । प्रविधिको उच्चतम प्रयोगसहित सञ्चालनमा आएको एशियन कंक्रिटोले इट्टा/टायल लगायत ३० प्रकारका निर्माण सामाग्री उत्पादन थालेको छ । डेढ अर्ब लगानीमा पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा स्थापना भएको कंक्रिटोले आधुनिक प्रविधिको प्रयोग गरेर निर्माणजन्य ३० प्रकारका सामाग्री उत्पादन गर्दै आएको हो ।
उद्योगका उपाध्यक्ष श्यामलाल झाले जर्मन प्रविधिको मासा कम्पनीको उपकरण प्रयोग गरेर दैनिक १ हजार ५०० जनाले गर्ने काम मेसिनबाट गर्दै आएको बताइएको छ । झाले बालुवा, गिट्टी, सिमेन्ट, पानी र रड उद्योगको कच्चा पदार्थ भएको बताए ।
यसबाट उच्च गुणस्तरसहितको कंक्रिटो उत्पादन गर्दै आएको उद्योगले जनाएको छ । उद्योगको दैनिक उत्पादन क्षमता ६०० मेट्रिक टन छ । उद्योगबाट उत्पादित निर्माण सामाग्रीको आयु ५० वर्षसम्म भएको कम्पनीको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने
-
इरानले इजरायलमाथि आक्रमण गरेपछि बढ्यो तेलको भाउ, सुनको मूल्यमा पनि कीर्तिमान
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माको प्रश्न– यामलालजीले जे भन्यो त्यही हामीले मान्नुपर्ने ?
-
तनहुँमा सात दशमलव पाँच किलोमिटर सडक कालोपत्र
-
मध्य पूर्वमा महायुद्ध छेडिने सङ्केत
-
काठेखोला गाउँपालिका आधारभूत अस्पताल निर्माण गर्दै