शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राज कुन्द्राले बनाएका थिए ११९ वटा पोर्न फिल्म, ८.८४ करोड भारुमा बेच्न चाहेको खुलासा

आइतबार, ०३ असोज २०७८, १७ : २२
आइतबार, ०३ असोज २०७८

पोर्न फिल्मका व्यापारी राज कुन्द्राले दुई वर्षमा आफ्नो एपका प्रयोगकर्ता ३ गुणा र नाफा ८ गुणा बढाउने योजना बनाएका थिए  । उनले आफ्नो ११९ फिल्मलाई ८.८४ करोड भारुमा बेच्न चाहेको पनि भारतीय सञ्चार माध्यमले दैनिक भास्करले बताएको छ ।

स्रोतका अनुुसार उनको एउटा एपमाथि प्रतिबन्ध लाग्दा उनले अर्को एप पनि बनाएका थिए । कुन्द्रा डिजिटल मिडियामार्फत् अवैध तरिकाले पैसा कमाउने सबै तरिका कुन्द्राले अपनाइसकेको पनि यसमा बताइएको छ ।  

भारतीय मिडियाका अनुसार जब यसबारे पर्दाफास भयो तब उनले केही डाटा डिलिट गरेर आफूलाई बचाउने कोसिस गरे तर मुम्बई प्रहरीको सप्लिमेन्ट्री चार्जशीट (पूरक आरोपपत्र) मा दिइएको विवरणमार्फत् राजको यो प्रयास विफल रहेको थाहा हुन्छ ।

 राज कुन्द्रासम्म प्रहरी कसरी पुग्यो ?

– गत फेब्रुअरीमा मड आइल्याण्डमा प्रहरीले छापा मारेका थिए  । यसमार्फत् पोर्न र्याकेटबारे भण्डाफोर भयो । यसमा टिभी जगत्की नायिका गहना वशिष्ठ पनि मुछिइन् । प्रहरीले गहनामार्फत् राज कुन्द्राको कम्पनी भियान इन्टरप्राइजेजमा काम गरिरहेका उमेश कामतबारे थाहा पाए ।

– उमेशले राज कुन्द्राको लण्डनस्थित बहिनी ज्वाईं प्रदीप बख्शीलाई सबै भिडियो एक सेयरिङ एप्लिकेशनमार्फत् पठाउँथे । प्रदीपले कम्पनी केनरीन एपमा सबै भिडियो अपलोड गर्दथे । उमेशले यी सबै सामग्री राजको अफिसमार्फत् नै पठाउँथे ।

– प्रहरीको आरोपपत्र अनुसार उमेशको मोबाइलबाट ‘हटशट’ एपको अकाउन्ट र ‘हटशट’ टेकन डाउन नामका दुई ह्वाट्सएप ग्रुपबारे थाहा भयो । यी दुबै ग्रुपका एडमिन पनि राज नै थिए ।  

– राज र उनको कम्पनीका आइटी हेड रयान थारप, उमेश, प्रदीप बख्शी र अन्य कर्मचारीबीच ‘हटशट’ र बोली फेम एपको कन्टेन्टमा काम गर्नेहरुलाई भुक्तानी, गुगल र एप्पलको तर्फबाट भुक्तानी, प्रयोगकर्तामार्फत् प्राप्त रकमबारे ह्वाट्सएप ग्रुपमा च्याट भएको थियो र मेल पठाइएको थियो । यसमार्फत् आय विवरण आदिबारे जानकारी लिइएको थियो ।

– यी सबै कुरा हात लागेपछि राज नै सबै र्याकेटका मास्टरमाइन्ड हुन्, उनले प्रदीप बख्शीमार्फत् अश्लील भिडियो अपलोड गराउँथे र त्यसमार्फत् पैसा कमाउँथे भन्ने थाहा भयो ।

प्रमाण मेट्ने कोसिसः

राजलाई उनको काम गैर कानूनी हो र उनी फस्न सक्छन्  भन्ने थाहा थियो । उनले आफ्ना सबै डाटा डिलिट गर्ने कोसिस गरेका थिए । गुगल प्ले र एप्पल स्टोरले हटशट एपमा अश्लील सामग्री भएका कारण उनलाई प्रतिबन्ध गरेको थियो । त्यसपछि राजले अर्को एप  ‘बोली फेम’ बनाएका थिए तर उनले हटशटको सबै डाटा डिलिट गर्न आफ्नो आइटी शाखालाई निर्देशन दिइसकेका थिए । यस वर्ष फेब्रुअरीमा प्रहरीमा ऊजुरी परेपछि राजले आफ्नो मोबाइलबाट ‘हटशट’ एपबारे ह्वाट्सएप मेसेज र च्याट पनि डिलिट गरिदिएका थिए । रयान थारपको मोबाइलबाट पनि डाटा डिलिट गराउने गर्थे ।

 


आफूलाई आरोपी मान्न अस्वीकार, प्रहरीलाई अल्मल्याएः

यी सबै डाटा डिलिट गरेपछि राजले प्रहरी आफूसम्म पुग्न नसक्ने ठानेका थिए । त्यसैले प्रहरीले जब पहिलो पटक नोटिस पठायो तब राजले ‘के म आरोपी हुँ, म यो पत्रमा हस्ताक्षर गर्दिनँ’ भने । आरोपपत्रमा बताइए अनुसार राजले कहिल्यै प्रहरीलाई सही तरिकाले जवाफ दिएनन् । प्रहरी कारवाहीमा समर्थन पनि गरेनन् ।

प्रहरीले विभिन्न स्थानबाट खोजे डाटाः

– राजको कार्यालयबाट २४ वटा हार्ड डिस्क जफत भएको थियो । यसमा ३५ वटा फिल्म भेटिए ।

– अर्को कम्प्युटरबाट १६ वटा फिल्म भेटिए, अर्को कम्प्युटरबाट ६० भन्दा बढी फिल्म र पिपिटी फाइल पाइयो ।

– राज र अन्य आरोपीको कम्प्युटर र मोबाइलबाट एपको कन्टेन्ट, खर्च, आम्दानी र भविष्यको योजजासमेत बनाइएको सबै जानकारी फेला पर्यो ।

 – एप बनाउनका लागि खर्च, स्वामित्व हस्तान्तरण, गुगल र एप्पलसँग भएको आर्थिक लेनदेनका सबै कुरा राजका कर्मचारी र अन्य व्यक्तिमार्फत् थाहा भयो ।

– राजको वेब ब्राउजिङ हिस्ट्री, फेसटाइम हिस्ट्री र कल लगबाट पनि धेरै कुरा पत्ता लगाइयो ।

– थुप्रै इमेल रेकर्डको अनुसन्धान गरियो । जस्तै उमेश कामतले प्रदीप बख्शीलाई जति पनि इमेल पठाउँथे, त्यो राजलाई पनि पठाइन्थ्यो ।

राजकै कर्मचारी साक्षी बनेः

प्रहरीले राजको कम्पनी भियान इन्टरप्राइजजेमा काम गर्ने केही कर्मचारीलाई साक्षी बनाएका छन् । अकाउन्ट, आइटी र अन्य विभागमा काम गर्ने कर्मचारीबाट प्राप्त जानकारी र बयानबाट राजको पोर्न कारोबारको जानकारी पाइयो । गुगल प्ले र युट्युबको इमेलबाट पनि पुष्टि भयो । राजको हटशट एपबाट पोर्न सामग्री देखाइन्थ्यो । गुगल प्ले र युट्युबले हटशट एप प्रतिबन्ध गरिदिएको थियो । एप्पलले पनि आफ्नो स्टोरबाट यो एप हटाएको थियो । ती सबै इमेल प्रहरीले आफ्नो हात पार्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप