बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पिएसजीमा चम्कदैँ एन्डर हेर्रेरा, एकपछि अर्को खेलमा गोल गर्दै

सोमबार, ०४ असोज २०७८, १० : ०२
सोमबार, ०४ असोज २०७८

अल स्टार खेलाडीहरुले भरिएको क्लब पेरिस सेन्ट जर्माइनमा मिडफिल्डरहरु आफ्नो स्थान बनाउन संघर्ष गरिरहेका छन् । लियोनल मेस्सी, नेइमार र कालियन एमबाप्पेजस्ता स्ट्राइकर सम्मिलित यस क्लबको अग्रपंक्तीलाई विश्वकै आक्रामक ठानिएको छ । तर, विश्वकै स्टार खेलाडीहरुले भरिएको क्लबलाई पछिल्लो समय त्यस्ता मिडफिल्डरले उद्धार गरिरहेका छन्, जसले विगतका सिजनमा थोरैमात्र गोल गर्ने गरेका थिए ।

एन्डर हेर्रेरा तीनै खेलाडी हुन्, जसले जारी सिजन पिएसजीका लागि ४ गोल गरिसके । यस सिजन अहिलेसम्म कालियन एमबाप्पे र उनले ४–४ गोल गरेका छन् । हेर्रेराले यस सिजन आफ्नो व्यक्तिगत किर्तिमान भंग गर्ने देखिन्छ, उनले २०१४–१५ को सिजन म्यानचेस्टर युनाइटेडका लागि ८ गोल गरेका थिए । यो नै उनले एकै सिजन गरेको सर्वाधिक गोल हो ।

त्यसपछि २०१५–१६ को सिजन उनले ५ गोल गरे । र, त्यसपछिका पाँच सिजनमा उनले कुल ९ गोलमात्रै गर्न सके ।

अहिले भने उनी जर्बजस्त लयमा देखिएका छन् । बुधबार क्लब ब्रुगविरुद्ध च्याम्पियन्स लिगको भिडन्तमा पिएसजीलाई हेर्रेराले नै अग्रता दिलाएका थिए । तर, अन्त्यमा ब्रुगेले खेल बराबरी ग¥यो ।

‘मेस्सी, नेइमार र एमबाप्पेसँग खेल्नु निकै रमाइलो छ,’ हेर्रेराले भने,‘सायद, अहिले हाम्रो अग्रपंक्तीमा निकै उत्कृष्ट खेलाडीहरु छन् । त्यसैले हाम्रा विपक्षीहरुले मिडफिल्डलाई कमै ध्यान दिएको हुनुपर्छ र यो मेरा लागि राम्रो कुरा हो ।’

व्यक्तिगत रुपमा हेर्रेराको प्रदर्शन राम्रो भएपनि उनी आलोचनामुक्त भने छैनन् । विशेषगरी बेल्जियमको क्लब ब्रुगविरुद्ध बराबरी खेलेपछि पिएसजीको महंगो टिम आलोचित बनेको छ । यद्यपी, फ्रान्सेली लिगमा भने पिएसजीले अहिलेसम्म सबै ५ खेल जितेको छ र शीर्ष स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप