अष्ट्रेलिया, बेलायत र अमेरिकालाई उत्तर कोरियाको चेतावनी
अष्ट्रेलिया, बेलायत र अमेरिकाबीच भएको अकस सम्झौतामाथि हालसम्म रिसाएका चीन र फ्रान्स रिसाएका थिए । अब यस सम्झौताका कारण उत्तर कोरियाले अमेरिकालाई पनि चेतावनी दिएको छ ।
उत्तर कोरियाले अमेरिकाको आलोचना गर्दै उक्त सम्झौताका कारण उत्तर कोरियाको सुरक्षामाथि असर परेको र यसविरुद्ध कुनै उपाय खोजिने चेतावनी दिएको छ ।
उत्तर कोरियाको सरकारी मिडियाले विदेश मन्त्रालयका एक नाम नखुलाइएका अधिकारीलाई उद्धृत गर्दै सोमबार एक बयान जारी गरेको छ जसमा अमेरिका, बेलायत र अष्ट्रेलियाबीच भएको यो सम्झौतालाई ‘निकै खतरनाक कारवाही’ बताएका छन् । यसले एशिया–प्रशान्त क्षेत्रमा सुरक्षा सन्तुलन नष्ट गरिदिनेछ र ‘हतियारको दौड’ लाई प्रोत्साहन दिने पनि उनले बताएका छन् ।
अधिकारीका अनुसार उत्तर कोरियाले यो सम्झौतामाथि निकै सूक्ष्म ढङ्गले निगरानी गरिरहेको र यदि यसमा उसको देशको सुरक्षामा अलिकति पनि नकारात्मक असर देखिए आफूहरुले यसविरुद्ध कडा कारवाही गर्नेछ ।
जो बाइडेनले अघिल्लो शुक्रबार अष्ट्रेलिया र बेलायतसँग एक सुरक्षा सम्झौताको घोषणा गरेको थियो जसलाई अकस भनिन्छ । यसअन्तर्गत अष्ट्रेलियालाई कम्तीमा आठ परमाणु ऊर्जाद्वारा सञ्चालित पनडुब्बी दिइनेछ ।
यसलाई भारत–प्रशान्त क्षेत्रमा चीनको दबदबालाई कम गर्नका लागि उठाइएको कदमको रुपमा हेरिँदै छ । यसकारण चीन पनि रिसाएको छ । यस्तै, यो सम्झौताले फ्रान्सले अष्ट्रेलियालाई १२ पारम्परिक पनडुब्बी दिने सम्झौता पनि नष्ट पारिदिएको छ । यसकारण फ्रान्स पनि अमेरिका र अष्ट्रेलियासँग रुष्ट छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छ : अर्थमन्त्री पुन
-
मन्त्रिपरिषद् बैठकमा सहकारीको समस्याबारे गम्भीर छलफल
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
बीआरआई परियोजनाबारे बृहत गृहकार्यको आवश्यकता
-
बलिउडमा डेब्यू गर्दैछिन् अक्षयकुमारकी भान्जी सिमर
-
कर्णालीमा समाजवादीले मुख्यमन्त्रीलाई मत दिने