बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ओखलढुंगामा ‘हेल्लो परामर्श सेवा’ बन्द

सोमबार, ०४ असोज २०७८, ११ : १२
सोमबार, ०४ असोज २०७८

दीर्घरोगीलाई टेलिफोनमार्फत सेवा दिने उद्देश्यले जिल्लामा सुरुआत गरिएको ‘हेल्लो परामर्श सेवा’ बन्द भएको छ । कोरोना महामारीका सयममा नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल जान नसक्ने दम, उच्च रक्तचाप, मधुमेह, बाथ, मिर्गौलाजस्ता बिरामीलाई सल्लाह दिन सो सेवा थालिएको थियो ।  

सङ्क्रमणको जोखिम न्यूनीकरण गर्न सरकारले लकडाउन जारी गरेपछि दीर्घरोगीले नियमित सेवन गर्ने औषधि खरिद गरिदिन र फलोअपका लागि अस्पतालसम्म पुर्याइदिन माग गरेका थिए । ती बिरामीले नै एक वर्षसम्म सो सेवा नलिएपछि बन्द गरिएको जनाइएको छ  ।  

सेवा लिने नागरिकले नै चासो नदेखाएपछि हाल उक्त सेवा बन्द गरिएको अस्पतालका जनस्वास्थ्य निरीक्षक नवराज बानियाँले जानकारी दिए । “सेवा त सुरु गरियो तर, खै किन हो ? जानकारी नभएर हो कि सेवाग्राही नै भएनन् । त्यसैले अहिले बन्द गरेका छौँ ।” उनले भने । “निकै प्रभावकारी हुने अनुमान गरिएको थियो । सोचेजस्तो भएन ।” विशेषज्ञ डाक्टर परामर्शका लागि तयारी अवस्थामा राखिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप