शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

छोरी पूजा भट्टसँग विवाह गर्ने इच्छा व्यक्त गर्नुदेखि परबीन बाबीसँग विवाहेत्तर सम्बन्ध राख्नुसम्म : विवादले घेरिएको महेश भट्टको जीवन

सोमबार, ०४ असोज २०७८, ११ : ३५
सोमबार, ०४ असोज २०७८

बलिउडका चर्चित निर्देशक, निर्माता तथा लेखक महेश भट्ट आज ७३ वर्ष पूरा भइसकेका छन् । महेशले आशिकी, दिल है कि मानता नहीँ, सडक, डुप्लीकेट, जख्म, संघर्ष, राज, कलयुग, ग्याङ्गस्टर, जहर, हमारी अधुरी कहानीजस्ता उत्कृष्ट फिल्म निर्देशन गरेका छन् । थुप्रै हिट फिल्म दिने महेश आफ्ना फिल्मभन्दा बढी आफ्नो विवादास्पद जीवनका कारण सधैं चर्चामा छाए । आज उनको जन्मदिनको मौकामा उनको जीवनसँग जोडिएका केही विवादबारे जानकारी लिऔं ।

२० वर्षमा अनाथ लोरिएनसँग प्रेममा परेः

कलेजका दिनमा महेश भट्ट अनाथालयमा बस्ने लोरिएनको प्रेममा परेका थिए । लोरिएन क्याथोलिक थिइन् र मुम्बईको अनाथालयमा बसेर पढ्थिन् । महेश उनलाई भेट्न अनाथालयको पर्खाल नाघेर जाने गर्दथे । केटा भेट्न आउने थाहा पाएपछि लोरिएनलाई त्यहाँबाट निकालिएको थियो । महेशले २० वर्षको उमेरमा नै लोरिएनसँग विवाह गरे र उनलाई किरण नाम दिए । यद्यपि, यो विवाह १६ वर्ष मात्रै चल्न सक्यो । यी दुईका एक छोरा र एक छोरी छन् । छोरी पूजा भट्ट हुन् भने छोराको नाम राहुल भट्ट हो ।

पूजा भट्टलाई ओठमा चुम्बन गरेर चर्चामा आएः

८० को दशकमा स्टारडस्टको एक म्यागजिनको कभरले असाध्यै चर्चा बटुलेको थियो जसमा महेश भट्ट आफ्नी छोरीको काखमा बसेर ओठमा चुम्बन गरिरहेको देखिएका थिए । म्यागजिन सार्वजनिक भएपछि महेश विवादले घेरिए । यसै म्यागजिनलाई दिएको अन्तरवार्तामा महेशले भनेका थिए, ‘यदि पूजा मेरी छोरी नभएको भए म उसँग विवाह गर्थेँ ।’

महेशको यो भनाइमा थुप्रैले आपत्ति जताएका थिए । विवाद अत्यधिक चुलिएपछि फिल्म निर्माताले फोटोलाई नक्कली पनि बताए ।

परवीन बाबीसँग थियो विवाहेत्तर सम्बन्धः

किरण भट्टसँग वैवाहिक सम्बन्धमा रहँदै गर्दा महेशको जीवनमा परवीन बाबीको प्रवेश भयो र यी दुई लिभ इनमा बस्न थाले । महेश भट्टले परवीन बाबीलाई असाध्यै मन पराउन थालेका थिए र सधैं उनीसँग बस्न चाहन्थे । यद्यपि, नायिकाको रोग यी दुईको सम्बन्धको बीचमा आयो । परवीन मानसिक रोगी थिइन् जसको उपचार सम्भव थिएन । उपचारका लागि महेशले परवीनलाई विदेशका चर्चित डाक्टरलाई पनि देखाए तर यसको खासै प्रभाव देखिएन ।

डाक्टरका अनुसार परवीनलाई सबै मानिसहरु उनको ज्यानको दुश्मन भएको भ्रम पर्न थालेको थियो । नायिकाले अमिताभ बच्चनबाट पनि आफ्नो ज्यानलाई खतरा भएको बताएकी थिइन् । केही सीप नलागेर महेश भट्ट परवीनलाई छोडेर आफ्नी श्रीमती किरण भएठाउँ फिर्ता भए । त्यसपछि उनीहरुका छोरा राहुल जन्मिए ।

यता परवीन बाबीले आफूलाई संसारबाट अलग पारिन् र एक्लै बस्न थालिन् । जीवनको अन्तिम दिनमा परवीन यतिसम्म एक्ली भएकी थिइन् कि मृत्यु भएको दुई दिनपछि मात्रै उनको शव भेटिएको थियो । नायिकाको मृत्युपछि महेश भट्टले नै उनको शव दाबी गरेका थिए ।

सोनी राजदानसँग विवाह गर्नका लागि धर्म परिवर्तनः

सारांश फिल्मको सुटिङका क्रममा महेश भट्ट र सोनीबीच निकटता बढ्न थाल्यो । यी दुई प्रेममा परे । महेशले विवाह अघि जेठी श्रीमती किरणलाई सम्बन्धविच्छेद दिउन् भन्ने सोनीका पिताले चाहेका थिए । महेशले किरणसँग सम्बन्धविच्छेद गर्नुको साटो इस्लाम धर्म अपनाए र सोनीसँग विवाह गरे । सोनी राजदानबाट उनका दुई छोरी आलिया भट्ट र शाहीन भट्ट छन् ।

कंगना रनोटले लगाएकी थिइन् संगीन आरोपः

कंगना रनोटले महेश भट्टको फिल्म ग्याङ्गस्टरमा अभिनय गरेकी छिन् । सुशान्तको मृत्युपछि कंगनाले महेशले ग्याङ्गस्टर फिल्मको स्क्रिनिङका बेला उनीमाथि हात उठाउने कोसिस गरेको र चप्पल फ्याँकेको खुलासा गरेकी थिइन् । महेशले यी सबै आरोपलाई निराधार बताएका थिए ।

रिया चक्रवर्तीसँग अफेयरको खबरबाट पुनः चर्चामा आए महेशः

जलेबी फिल्मपछि नै महेश भट्ट र रिया चक्रवर्तीको नाम जोडिन थालेको थियो । यो खबरमा रिया चक्रवर्तीले थुप्रैपटक स्पष्टिकरण पेश गरेकी थिइन् । सुशान्तको मृत्युपछि रिया र महेशको च्याट सार्वजनिक भएको थियो, त्यसपछि मानिसहरुले महेश भट्टलाई सुशान्तको मृत्युको जिम्मेवार देखाउन थालेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप