शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मदनकृष्ण र मिलनले ल्याए ‘सुनको कचौरी’

सोमबार, ०४ असोज २०७८, ११ : ४४
सोमबार, ०४ असोज २०७८

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र मिलन नेवारको युगल स्वरमा ‘सुनको कचौरी’ बोलको गीत आएको छ । राजधानीमा आयोजित एक समारोहका बीच गीत सार्वजनिक गरिएको हो । गीतमा राजनराज सिवाकोटीको शब्द तथा संगीत छ । गीतको भिडियो राजेश पुमा राईले निर्देशन गरेका हुन् । भिडियोमा मदनकृष्ण श्रेष्ठ र गौरी मल्लको अभिनय देख्न सकिन्छ । 

मदनकृष्ण र गौरीको जोडी अभिनय रहेको भिडियोमा उत्सव दाहालको छायाँकन, सन्तोष राजबाकको सम्पादन छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप