शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘डाँडाको वर पीपल’ ले थाल्यो प्रचार

सोमबार, ०४ असोज २०७८, १२ : ०२
सोमबार, ०४ असोज २०७८

शोभित बस्नेतको निर्देशनमा तयार भएको फिल्म हो ‘डाँडाको वर पीपल’ । दसैंको अवसर पारेर आगामी २६ गते (घटस्थापना) को दिनबाट प्रदर्शनमा आउन लागेको फिल्मले आफ्नो प्रचार थालेको छ । फिल्मले ‘काट्दिम्ला जुँगा जम्मै’ बोलको गीत सार्वजनिक गर्दै प्रचार प्रसार थालेको हो । गीतमा स्वर्गीय खेमराज गुरुङ र गायिका रिमा गुरुङ होडाको स्वर रहेको छ । गीतमा उमंग लामा र केशव चौलागाईंको शब्द, उमंग लामाको संगीत छ । 

शिव श्रेष्ठ, भुवन केसी र गौरी मल्लको समेत नृत्य रहेको गीतमा सलोन बस्नेत, रुविना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत लगायतलाई समेत देख्न सकिन्छ । रामजी लामिछानेको कोरियोग्राफी भिडियोमा छ । काठमाडौको चित्लाङ वरपर छायाँकन भएको फिल्ममा अस्मिता जुरेली, हिउँवाला गौतम, उत्तम केसी, संगम भण्डारी, सुशान्तकुमार श्रेष्ठ, प्रभात पल, अस्मी थापा, प्रदीप गिरी, ज्ञानकुमार कट्टेल लगायतका कलाकारको अभिनय समेटिएको छ । 

नवराज गिरी निर्माता रहेको फिल्म रामकाजी घिमिरेले लेखेका हुन् । सुशान्त प्रजापतिको छायाँकन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन र मित्रदेव गुरुङको सम्पादन फिल्ममा रहेको छ । शिव श्रेष्ठ र भुवन केसीले १६ वर्षपछि यसै फिल्ममार्फत एकसाथ देखिन लागेका हुन् । उनीहरुले पछिल्लो पटक २००५ मा रिलिज भएको शोभित बस्नेतकै निर्देशन रहेको फिल्म ‘राजु राजा राम’ मा एकसाथ काम गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप