शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ नोटको खुसी (फोटोफिचर)

सोमबार, ०४ असोज २०७८, १२ : ०८
सोमबार, ०४ असोज २०७८

नेपाल राष्ट्र बैङ्कले आजदेखि दसैँ-तिहारका लागि नयाँ नोटको वितरण सुरु गरेको छ । राष्ट्र बैङ्कले आफ्नो केन्द्रीय कार्यालयसँगै प्रादेशिक र अन्य कार्यमार्फत नयाँ नोटको वितरण सुरु गरेको हो । 

राष्ट्र बैङ्कका केन्द्रीय, प्रादेशिक र अन्य कार्यालयसँगै इजाजत पत्र बैङ्क तथा वित्तीय संस्थाले तोकेको शाखामार्फत समेत नयाँ नोट साट्न सकिन्छ । यस पटकको दसैँमा सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँका दरले नयाँ नोट साट्न पाउँछन् ।

केन्द्रीय बैङ्कले आजदेखि साट्न मिल्ने गरी बजारमा करिब ३५ अर्ब बराबरको ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नयाँ नोट पठाएको छ । प्रत्येक वर्षको दसैँमा नयाँ नोट वितरण गर्दै आएको केन्द्रीय बैङ्कले गत वर्ष भने कोरोना महामारीका कारण वितरण गरेको थिएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप