शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बर्दियामा २ फरार अभियुक्त पक्राउ

सोमबार, ०४ असोज २०७८, १५ : ५०
सोमबार, ०४ असोज २०७८

बर्दिया प्रहरीले २ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिया गुलरिया नगरपालिका ८ का गोविन्द थारु र मधुवन नगरपालिका २ का किशोर दर्लामी रहेका छन् । आइतबार पक्राउ परेका थारु र दर्लामीलाई सोमबार प्रहरीले सार्वजनिक गरेको हो । थारूलाई बर्दिया जिल्ला अदालतले २०७६ माघ २४ गते लेनदेन मुद्दामा १ वर्ष ६ महिना २६ दिनको कैद सजाय तोकेको थियो ।

अदालतको फैसलालगत्तै उनी फरार रहेका थिए । दर्लामीलाई भने अदालतले २०७८ वैशाख २८ गते बहुविवाह मुद्दामा १० महिना २९ दिनको कैद सजाय र १० हजार जरिवाना तोकेको थियो । पक्राउ परेका दुवैजनालाई बर्दिया जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप