बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

गायनमा फर्किए सांगीतिक समूह ‘ओकिली’का अनिश

सोमबार, ०४ असोज २०७८, १६ : ५९
सोमबार, ०४ असोज २०७८

एक समयको लोकप्रिय सांगीतिक समूह ‘ओकिली’ का गायक अनिश ओकिली फेरि गायनमा फर्किएका छन् । ‘सरिताको दिदी’ बोलको गीतमार्फत ओकिलीले गायनमा कमब्याक गरेका हुन् । अनिशकै शब्द तथा संगीत रहेको गीतको शब्दका लागि उनलाई अयोध्या पी उपाध्यायले सहयोग गरेका थिए । चाँद सिंहको संगीत संयोजन गीतमा छ । 

गीत भिडियोमा अभिनेता एसराज गराच तथा प्रनिमा दाहालको मुख्य अभिनय देख्न सकिन्छ । कलाकार सन्दीप क्षेत्री पनि भिडियोमा अभिनय छ । सन्तोष भुजेलको कोरियोग्राफी, शिवराम श्रेष्ठको छायाँकन तथा विजेश पौडेलको सम्पादन रहेको भिडियो बिजेश तथा राजनले नै निर्देशन गरेका हुन् ।

नेपाली सांगीतिक क्षेत्रमा अनिशका ‘मेरी ओकिली’, ‘गुलाबी जाडो’, ‘झ्यालबाट हेरी’ लगायतका गीत चर्चित छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप