मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनएको विवादबारे परराष्ट्र मन्त्रालयमा छलफल

सोमबार, ०४ असोज २०७८, १७ : १४
सोमबार, ०४ असोज २०७८

गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवादका सन्दर्भमा परराष्ट्र मन्त्रालयमा छलफल भएको छ । एनआरएनएका ३ अभियन्ताको उजुरी परेपछि परराष्ट्रले सोमबार अध्यक्ष कुमार पन्तसँग छलफल गरेको हो।  
छलफलमा मन्त्रालयले विवाद समाधान चाँडोभन्दा चाडो गर्न अध्यक्षलाई आग्रह गरेको बताइएको छ । बैठकपछि अध्यक्ष पन्तले तोकिएकै मितिमा महाधिवेशन सम्पन्न गर्न मन्त्रालयको सहयोग रहने कुराले हर्षित हर्षित भएको प्रतिक्रिया दिए । 

 विवाद र अस्पष्टता भएका ठाउँमा एनआरएनएले नै आपसी समझदारीबाट निकास निकाल्ने उनको भनाइ छ । अक्टोबरमा हुने १० औं विश्व सम्मेलनका साथै निर्वाचनका लागि प्रतिनिधि चयनमा धाँधली भएको भन्दै उजुरी परेपछि एनआरएनएभित्रको विवाद थप उग्र बनेको हो ।मुलतः बेलायत, अमेरिका र अस्ट्रेलियाको प्रतिनिधि चयनका विषयमा संस्थापन पक्ष अर्थात कुमार पन्त समूहले धाँधली गरेको इतर समूहको आरोप छ ।

उजुरी दिनेमा  एनआरएनए आइसीसी पूर्वसचिव जानकी गुरुङ, कतारबाट मानार्थ सदस्य नवराज (शनिकुमार) ओली र अमेरिकाका सल्लाहकार बेदप्रसाद खरेल छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप