त्रिभुवन विमानस्थलबाट सुन संकलन गर्ने एक पुरुष पक्राउ

person explore access_timeअसोज ४, २०७८ chat_bubble_outline0

विदेशबाट मगाएर सुन संकलन गर्ने एकजनालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट पक्राउ गरेको छ ।  पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ घर भएका ३८ वर्षीय टेकबहादुर सारुलाई विराटनगर जाँदै गरेको अवस्थामा पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बाँस्तोलाले रातोपाटीलाई बताए । 

सौर्य एयरलाइन्सको उडानबाट विराटनगर जान लागेका टेकबहादुरको साथबाट प्रहरीले १ सय ग्राम तौल भएको दुईवटा सुनका बाला बरामद गरेको छ । सो बाला उनलाई विदेशबाट सुन तस्करीमा संलग्न एजेन्टले पठाएका थिए । विदेशमा काम गर्ने नेपाली नागरिक स्वदेशमा फर्किँदा सुनको काम गर्नेहरुले बाला आकारको काँचो सुन पठाएर विमानस्थलमा संकलन गर्ने गरेका छन् । सरकारले ५० ग्राम बराबरको सुनका गहना ल्याउन छुट दिएको छ । तर, तस्करी गर्नेहरुले गहनाको सट्टा बाला आकारको सुन पठाएर सो सुविधाको दुरुपयोग गर्ने गरेका छन् । 

पक्राउ परेका सारुमगरले विदेशबाट आफ्ना एजेन्टले पठाएको सुनका बाला विमानस्थलमा संलकन गरेर आफ्नो समूहको सम्पर्कमा रहेका ग्राहकलाई पठाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । उनलाई आवश्यक कारवाहीका लागी त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा पठाइएको एसएसपी बास्तोलाले बताए ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।