बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रातोपाटी ब्रिफिङ : नाराबाजीकै बीच बजेट पारित, संखुवासभा हत्या प्रकरणमा थप ४ जना पक्राउ

एमालेमा फेरि दुई लाइन संघर्ष
सोमबार, ०४ असोज २०७८, २१ : १०
सोमबार, ०४ असोज २०७८

आज २०७८ असोज ४ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–
आजका मुख्य समाचारहरुमा एमाले सांसदको नाराबाजीकै बीच बजेट पारित, एमालेमा फेरि दुई लाइन संघर्ष, संखुवासभा हत्या प्रकरणमा थप चार आरोपित पक्राउ, जनकपुरमा छात्रासँग हिमानीको भलाकुसारी, ओलीको मुद्दा ‘हेर्दाहेर्दै’मा, प्रदेश १ र बागमतीमा सरकारको नेतृत्व नेकपा एकीकृत समाजवादीले गर्ने, दसैँ–तिहारका लागि बजारमा नयाँ नोट लगायत छन् ।

१.प्रतिपक्षको नाराबाजीका बीच बजेट पारित, सरकारले तत्काल खर्च गर्न नपाउने
प्रतिनिधिसभाबाट बजेट प्रतिस्थापन विधेयक पारित भएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा प्रतिपक्ष नेकपा एमालेका सांसदको नाराबाजीका बीच बजेट पारित भएको हो । बजेट पारित गर्ने प्रक्रिया अघि बढिरहँदा एमालेका सांसदहरुले नाराबाजी गरिरहेका थिए । बजेट पारित भए पनि तत्काल सरकारले राष्ट्रिय ढुकुटीबाट खर्च गर्न नपाउने भएको छ ।

प्रतिनिधिसभाबाट पारित विधेयक राष्ट्रियसभाबाट समेत पारित गरेर पुनः प्रतिनिधिसभामा पठाउनुपर्ने छ । त्यसपछि सभामुखले सो विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउनु पर्छ । राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेपछि मात्र सरकारले संघीय सञ्चित कोषबाट रकम खर्च गर्न पाउँछ ।

२. एमालेमा फेरि दुई लाइन संघर्ष
हालै पार्टी विभाजन झेलेर विधान महाधिवेशनको तयारीमा जुटेको नेकपा एमालेमा फेरि दुई लाइन संघर्ष औपचारिक रुपमा सुरु भएको छ । एमालेको जारी स्थायी कमिटी बैठकमा उपमहासचिव घनश्याम भुसालले संस्थापन पक्षको दस्तावेजमाथि लिखित रुपमा असहमति जनाएपछि एमालेमा दुई लाइन संघर्ष औपचारिक रुपमा सुरु भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप