शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बैङ्किङ कसुर मुद्दामा २ करोड १७ लाख जरिवाना तोकिएका फरार अभियुक्त पक्राउ

सोमबार, ०४ असोज २०७८, २१ : १६
सोमबार, ०४ असोज २०७८

बैङ्किङ कसुर मुद्दामा २ करोड १७ लाख रकम जरिवाना र पीडितलाई भराउनुपर्ने फैसला भएपछि फरार भएका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको बूढानीलकण्ठ घर भएका ६७ वर्षीय कृष्णबहादुर थापालाई वीरगञ्जबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले रातोपाटीलाई बताए ।

रवीन्द्र थापाको जाहेरीमा उच्च अदालत पाटनले कृष्णबहादुर विरुद्ध २०७७ मंसिरमा १ करोड २५ लाख बिगो र ७५ लाख जाहेरवालालाई भराउने फैसला गरेको थियो । बैङ्किङ कसुरको सो मुद्दामा उनलाई अदालतले १७ दिन कैद तोकेको थियो ।

राजन श्रेष्ठले दायर गरेको चेक अनादर मुद्दामा जिल्ला अदालत काठमाडौँले २०७३ माघमा थापाबाट १७ लाख भराउने फैसला गरेको थियो । अर्को मुद्दामा जिल्ला अदालत काठमाडौँले २०७५ असोजमा थापालाई १ वर्ष जेल सजाय हुने फैसला गरेको थियो ।

बूढानीलकण्ठ घर भएका थापा पछिल्लो समय बाराको जितपुर सिमरा उप–महानगरपालिकामा बस्दै आएका थिए । महाशाखाको टोलीले बारा र पर्सा प्रहरीसँगको समन्वयमा उनलाई वीरगञ्ज महानगरपालिका–१५ पूर्णिमा चोकबाट पक्राउ गरेर काठमाडौँ ल्याएको हो ।  जिल्ला अदालत काठमाडौँको आदेशले थापालाई डिल्लीबजार कारागार चलान गरिएको एसएसपी खापुङले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप