बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम : ५३ जनामा कोरोना सङ्क्रमण, २ जनाको मृत्यु

सोमबार, ०४ असोज २०७८, २१ : ४९
सोमबार, ०४ असोज २०७८

सुदूरपश्चिम प्रदेशमा सोमबार थप ५३ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट एक हजार १५ जनाको नमूना परीक्षण गर्दा ५३ जनामा  सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

अड्तीसमा पीसीआर र  १५ मा एन्टीजेन विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो । पीसीआर विधिमार्फत गरिएको परीक्षणमा सेती प्रादेशिक अस्पतालमा ३६ र महाकाली अस्पतालमा  दुई  जनामा सङ्क्रमण पुष्टि भएको हो । एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा कञ्चनपुरमा १२, दार्चुलाका दुई र डडेल्धुराका एक जनामा कोरोना सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ ।  

पछिल्लो २४ घण्टामा प्रदेशभर १९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङको सुर्मा गाउँपालिका–४ का ५० वर्षीय पुरुष र सोही गाउँपालिकाका ४० वर्षीय पुरुष रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप