शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
पत्रपत्रिका

बैंकहरूमा तरलता अभावसँगै सेयर बजारमा पहिरो

मङ्गलबार, ०५ असोज २०७८, ०६ : ४१
मङ्गलबार, ०५ असोज २०७८

११४ दशमलव शून्य २ अंक अर्थात् ४ दशमलव शून्य ५ प्रतिशतको पहिरोका साथ सोमबार नेप्से परिसूचक २ हजार ६९८ दशमलव २४ बिन्दुमा झर्दा कुल ८ अर्ब ४९ करोड ३४ लाख १ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।

नेप्से परिसूचकमा पहिरो जाँदा पनि कारोबारको रकम ८ अर्बभन्दा बढी हुनुलाई अर्थपूर्ण रूपमा लिएको छ । सर्वसाधारण प्यानिक हुँदै अर्थात् तर्सेर आफ्नो लगानी सुरक्षित गर्न सस्तोमा बेच्दै छन् भने ठूला लगानीकर्ता मौकाको फाइदा उठाउँदै कम मूल्यमा सर्वसाधारणको सेयर उठाउँदै छन् ।

बजारमा बैंक तथा वित्तीय संस्थाहरूमा लगानीयोग्य रकमको अभावका कारण सेयर बजारमा गिरावट भएको भनिरहँदा कारोबारको रकमले भने यस्तो तथ्यमा ठूलो लगानीकर्ताको चलखेल भने देखाइरहेको छ ।

सोमबार प्रतिनिधिसभामा नेमकिपाका सांसद प्रेम सुवालले सेयर बजारको दोस्रो बजारमा ७ सय जना सेयर कर्ताले भाउ बढाउने कि कम गर्ने भन्ने भन्ने चलखेल चलिरहेको र १ सय जनाले मात्र फाइदा लुटिरहेको अभिव्यक्ति दिइरहँदा सर्वसाधारण बेच्न हतारिँदै थिए भने ठूला लगानीकर्ता सस्तोमा सेयर किनिरहेका थिए ।

सोमबार २ हजार ८१७ दशमलव ९८ विन्दुबाट सुरु भएको बजार ११४ दशमलव शून्य २ अंक अर्थात् ४ दशमलव शून्य ५ प्रतिशतले घटेको थियो । सोमबार कुल २२५ ओटा कम्पनीको १ लाख ७ हजार ५ सय ५६ वटा कारोबारबाट १ करोड ७३ लाख ३० हजार ५ सय ३८ कित्ता सेयर खरिदबिक्री भएको छ ।

यो समाचार आजको राजधानी दैनिकमा छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप