शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बदाम र मह सँगै खाँदा स्वास्थ्यमा हुने ६ फाइदा, अपनाउनुपर्ने सावधानी

मङ्गलबार, ०५ असोज २०७८, ०८ : ४१
मङ्गलबार, ०५ असोज २०७८

बदाम स्वास्थ्यका लागि निकै उपयोगी छ । यस्तै कुनै मिसावट नभएको मह अमृतभन्दा कम हुँदैन । यी दुवै मिसाएर खाँदा विभिन्न स्वास्थ्य समस्याबाट छुटकारा पाउन सकिन्छ ।

बदाममा प्रशस्त मात्रामा प्रोटिन, फाइबर, क्याल्सियम, आइरन, म्याग्नेसियम, फस्फोरस, पोटासियम, जिङ्क, भिटामिन सी, सोडियम, कपर जस्ता पोषक तत्त्व पाइन्छ । यस्तै महमा प्रशस्त मात्रामा प्रोटिन, ऊर्जा, पानी, फस्फोरस, म्याग्नेसियम, आइरन, क्याल्सियम, पोटासियम, सोडियम, जिङ्क, भिटामिन बी–सिक्स, भिटामिन–ई जस्ता पोषक तत्त्व पाइन्छ । यदि तपाईं महमा बदाम मिसाएर खानुभयो भने स्वास्थ्यका लागि निकै उपयोगी हुनेछ ।

यस विषयमा भारतको एउटा सञ्चार माध्यमले पोषणविद् तथा वेलनेस एक्सपर्ट वरुण कत्यालसँग कुराकानी गरेको छ ।

१. हड्डीका लागि उपयोगीः

मह र बदाम सँगै सेवन गरियो भने हड्डीले प्रशस्त मात्रामा क्याल्सियम र म्याग्नेसियम पाउँछ । क्याल्सियम र म्याग्नेसियमले हड्डीलाई बलियो बनाउने र अस्टियोपोरोसिस जस्तो हड्डीको रोग र भाँच्चिने खतरा कम गर्न उपयोगी हुन्छ । तसर्थ कमजोर हड्डी भएकाहरूले बदाम र मह मिसाएर खाँदा धेरै फाइदा हुन्छ ।

२. शरीरमा ऊर्जा बढाउँछः

बदाम र महमा प्रोटिन, फाइबर र फ्याटी तत्त्व पाइन्छ । त्सैले यसको सेवनले प्रशस्त ऊर्जा पाउन सकिन्छ । नियमित रूपमा मह र बदाम खाएमा आलस्य र थकानबाट मुक्त भई शरीर ऊर्जावान् बन्छ ।

३. तौल कम गर्न उपयोगीः

तौल कम गर्नका लागि मानिसहरू निकै कसरत गर्छन् तर त्यसबाट केही फाइदा नभएपछि दुःखी हुन्छन् । तौल कम गर्न बदाम र मह निकै उपयोगी हुन्छन् । मह र बदाम मिसाएर नियमित सेवन गर्नाले तौल कम गर्ने र मेटाबोलिक सिन्ड्रोमबाट पनि छुटकारा पाउन सकिन्छ । यद्यपि यसका लागि केही योग र सन्तुलित भोजन आवश्यक पर्छ ।

४. पाचन क्रिया तन्दरुस्तः

मह र बदाममा फाइबर पाइन्छ; जसले पाचन क्रियालाई उत्कृष्ट बनाउन सहयोग गर्छ । यसले आन्द्रामा हुने राम्रो ब्याक्टेरियाको गतिविधिमा पनि सुधार ल्याउँछ । यस्तोमा कसैले बदाम र महको सेवन गर्दा पाचन प्रक्रिया राम्रो हुन्छ । सम्झनयोग्य कुरा के छ भने बदाम र मह सेवनले शरीरभित्रको विषाक्त पदार्थ निकाल्न निकै सहयोग गर्छ ।

५. कपालका लागि उपयोगीः

कपाललाई राम्रो बनाउन बदाम र महको सम्मिश्रण निकै उपयोगी छ । किनभने प्रोटिन र भिटामिनले कपाललाई राम्रो बनाउन सक्छ । बदाम र मह मिसाएर खानाले कपाल राम्रोसँग बढ्नुका साथै यो बलियो र मुलायम हुन्छ । कसैको कपाल झर्ने समस्या छ वा कपाल पातलो छ भने बदाम र महको नियमित सेवनले यो समस्या हट्नसक्छ ।

६. छालाका लागि पनि राम्रोः

बदाम र महको मिश्रण अनुहारका लागि निकै उपयोगी हुन्छ । यसैगरी यसको सेवनले छालामा निखार आउँछ र छालासम्बन्धी विभिन्न समस्याबाट छुटकारा पाउन सकिन्छ । रुखो छाला, एक्जिमा र सोरायसिसजस्ता समस्याबाट ग्रसित व्यक्तिहरुले बदाम र मह नियमित सेवन गरेमा यो समस्याबाट मुक्त हुन सक्छन् । मह र बदामबाट बनेको पेस्टले छालाका विभिन्न समस्यालाई टाढै राख्छ ।

बदाम र मह खाँदा हुने हानि र अपनाउनुपर्ने सावधानीः

बदाम र महको सेवन आवश्यकताभन्दा बढी गरियो भने स्वास्थ्यलाई हानि गर्नसक्छ । आउनुहोस्, यसबारे जानकारी लिऔँः

–बदाम र महमा प्रशस्त फाइबर हुन्छ । शरीरमा फाइबर बढ्दा पेटको समस्या आउन सक्छ ।

– बदाम र महको सेवनले व्यक्तिलाई एलर्जी पनि हुनसक्छ । यस्तो भएको खण्डमा तुरुन्त सेवन बन्द गर्नुपर्छ ।

– बदाम र महलाई आफ्नो डाइटमा समावेश गर्नुअघि कति मात्रामा खाने हो, जानकारी लिनुहोस् ।

– गर्भवतीले मह र बदामको सेवन गर्नुअघि विशेषज्ञको सल्लाह लिनुपर्छ ।

– बालबालिकाको डाइट पनि मह र बदाम समावेश गर्नुअघि विज्ञको सल्लाह लिनुहोस् ।

– मधुमेहद्वारा पीडित व्यक्तिले पनि मह र बदाम समावेश गर्नुअघि विशेषज्ञको सल्लाह लिनुहोस् ।

– बदामले गर्मी गराउँछ । यस्तोमा दिनमा एक पटक मात्रै यसको सेवन सीमित मात्रामा गर्नुहोस् ।

www.onlymyhealth.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप