बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

पतिलाई मार्न ६० हजार रुपैयाँ सुपारी

मङ्गलबार, ०५ असोज २०७८, ०८ : ५७
मङ्गलबार, ०५ असोज २०७८

आफ्नो पतिलाई मार्न सुपारी दिएको आरोपमा प्रहरीले सिरहा गोलबाजर नगरपालिका ४ निपनियाँकी हरिहरदेवी महरालाई पक्राउ गरेको छ । ४० वर्षीय दुखरण महराको हत्यामा मुख्य योजनाकार रहेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यलाय सिरहाका अनुसार उपचारको बहानामा दुखरणलाई भारतको जयनगर पु–याई हरिहरदेवीले भारतीय नागरिक मुकेश यादव समूहलाई ६० हजार रकमको सुपारी दिएकी थिइन् । प्रवक्ता डिएसपी सुवास बुढाथोकीले हरिहरदेवीलाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखेर थप अनुसन्धान भइरहेको जानकारी दिए ।

दुखरणको शव विहारको मधुवनी जिल्ला अन्तर्गत जयनगर बजार नजिकै गत भदौ १९ गते फेला परेको थियो । महराको शव धारिलो हतियारले घाँटी रेटिएको र शरीरको विभिन्न भागमा चोट पटक लागेको अवस्थामा फेला परेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप