मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

तेक्वान्दो महासंघमा लम्साल र मगर मनोनीत

मङ्गलबार, ०५ असोज २०७८, ०९ : ५३
मङ्गलबार, ०५ असोज २०७८

नेपाल तेक्वान्दो महासंघ (एनटिएफ) ले झापाका अर्जुन क्षेत्री लम्साल र काभ्रेपलाञ्चोककी गोमा थापा मगर (रीना) लाई भित्र्याएको छ ।  महासंघले उपाध्यक्षमा अर्जुन क्षेत्री लम्साल र बोर्ड सदस्यमा गोमा थापा मगर (रीना) लाई संस्थाको विधान अनुसार मनोनीत गरेको हो । 

उपाध्यक्ष लम्साल लामो समयदेखि नेपाली मार्शल आर्टस् क्षेत्रमा क्रियाशिल छन् । खेल व्यवस्थापन क्षमता भएका लम्सालको महासंघमा आगमनले प्रदेश नंं. १ मा तेक्वान्दो गतिविधि तीव्र हुने अपेक्षा गरिएको छ ।  त्यस्तै बोर्ड सदस्य गोमा थापा मगर (रीना) ख्याती प्राप्त लोकदोहोरी मोडल एवं समाजसेवी हुन् । 

नेपाली कला एवं सांस्कृतिक क्षेत्रमा ख्याती कमाएकी रीनाको तेक्वान्दो महासंघमा प्रवेशले मार्शल आर्टस् खेललाई कला र संस्कृतिसँग जोड्नका लागि कोशेढुंगा सावित हुने महासंघले अपेक्षा गरेको महासचिव  सुदिपचन्द्र बख्रेल बताए । नेपाल तेक्वान्दो महासंघले अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आइटिएफ) पोल्याण्ड, विश्व सङमोक्वान संघ (अमेरीका), तेक्वान्दो अन्तर्राष्ट्रिय (बेलायत), अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ युनियन (आयरल्यान्ड), अन्तर्राष्ट्रिय परम्परागत तेक्वान्दो महासंघ (स्पेन) र विश्व तेक्वान्दो परिषद (जर्मनी) बाट सम्बन्धन पाएको छ । 

महासंघमा नेपाल परम्परागत तेक्वान्दो महासंघ, इन्टरनेशनल चाङहोन तेक्वान्दो महासंघ नेपाल, आइटिएफ नेपाल, नेपाल सङमोक्वान संघ र साङरोक नेपाल तेक्वान्दो एकेडेमी लगायतका तेक्वान्दो संघहरू आबद्ध रहेको महासचविव बख्रेलले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप