अनुहारको चाउरी हटाउन ल्वाङ
ल्वाङको प्रयोग खानादेखि छालाको हेरचाहको लागि पनि प्रयोग गर्ने गरिन्छ । ल्वाङमा औषधीय गुण हुने भएकाले यसले स्वस्थ राख्न मद्दत गर्छ । साथै, छालासम्बन्धी समस्यामा पनि औषधिको रुपमा काम गर्छ ।
ल्वाङको प्रयोगले कोलिजन प्रोडक्शन बढाउँछ । यसले छालालाई स्वस्थ र ताजा देखाउँछ । ल्वाङको प्रयोगले अनुहारमा आउने फंगल इन्जेक्सनबाट बचाउँछ । साथै, यसले अनुहारबाट ब्याक्टेरिया हटाउन पनि मद्दत गर्छ । ल्वाङमा एन्टि–सेप्टिक गुण पाइन्छ । जसले छालासम्बन्धी धेरै रोगहरुबाट बचाउँछ ।
चाउरीमा कसरी प्रयोग गर्ने ?
चाउरी हटाउनका लागि हत्केलामा केही थोपा ल्वाङको तेल लिने र त्यसमा नरिवलको तेल मिसाएर राम्रोसँग घोलेपछि अनुहारमा हल्का हल्का मसाज गर्ने । त्यसपछि रातभर छोडिदिने गर्दा चाउरी कम हुँदै जान्छ ।
यस्तै, दुई तीनवटा ल्वाङलाई गुलाबजलसँग पिसेर सिधै अनुहारमा लगाउँदा अनुहारको चाउरीपन हट्दै जान्छ । भने, अनुहारको छाला नरम पनि हुँदै जान्छ ।
यसका साथै, मुल्तानी माटोमा ल्वाङको पाउडर मिसाएर अनुहारमा लगाउँदा अनुहारमा आएका समस्याहरु कम हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्वाट्सएपसँग प्रतिस्पर्धा गर्न गुगलले ल्यायो नयाँ अपडेट
-
चर्चामा अडियोमा आधारित नयाँ सामाजिक सञ्जाल ‘एयरच्याट’
-
आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान
-
मोडल लक्ष्मण भण्डारीले गरे प्रेमिका गीतासँग विवाह
-
अभिनेताले भने, ‘कबीर सिंह’ गरेर पछुतो छ, निर्देशकले दिए चलचित्रबाट अनुहार नै हटाउने चेतावनी
-
परीक्षाको मुखमा त्रिविका विभिन्न क्याम्पसमा तालाबन्दी