बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

निफ्राका शेयर धनीहरुका लागि खुशीको खबर, कम्पनीद्वारा पहिलो पटक ८.५ प्रतिशत लाभांश घोषणा

मङ्गलबार, ०५ असोज २०७८, ११ : ३६
मङ्गलबार, ०५ असोज २०७८

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले पहिलो पटक लाभांश घोषणा गरेको छ । पहिलो पटक हात खाली नहुनेगरी सर्वसाधारणका लागि आईपीओ जारी गरेको कम्पनीले पहिलो पटक ८.५ प्रतिशतको लाभांश घोषणा गरेको हो ।

बैंकको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ सम्मको मुनाफाबाट शेयर धनीहरुलाई ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

जस अनुसार बैंकले हाल कायम चुक्ता पुँजी २० अर्बको ८.५ प्रतिशतले हुन आउने १ अर्ब ७० करोड रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने छ । 

बैंकको उक्त  प्रस्ताव नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयले स्वीकृति दिएपछि बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयर धनीहरुलाई वितरण गरिनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप