शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रतितोला ३०० ले बढ्यो सुनको मूल्य, चाँदी पनि उकालो लाग्यो

मङ्गलबार, ०५ असोज २०७८, ११ : ४३
मङ्गलबार, ०५ असोज २०७८

आज मंगलबार नेपालको स्थानिय बजारमा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ । हिजो सोमबार सुनको मूल्य एकै दिन प्रतितोला एक हजार रुपैयाँले घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज भने सुनको भाउ बढेको हो ।

जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार २०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ७५० रुपैयाँ तोकिएको महासंघले बताएको छ ।

हिजो सोमबार एकै दिन तोलामा एक हजार रुपैयाँको गिरावटसँगै छापावाल सुनको मूल्य प्रतितोला ८८ हजार ९०० र तेजाबी सुनको मूल्य ८८ हजार ४५० रुपैयाँमा आइपुगेको थियो । 

आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको महासंघले जनाएको छ । आज नेपाली बजारमा चाँदीको कारोबार प्रतितोला १ हजार १४० रुपैयाँमा भइरहेको महासंघले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप