एन्जाइटीका कारण र उपचार

person explore access_timeअसोज ५, २०७८ chat_bubble_outline0

 

कोरोना भाइरसको महामारीले मानिसलाई भौतिकरुपमा मात्रै टाढा बनाएको छैन, भावनात्मकरुपमा समेत अलग्याउन पुग्यो । मानिसको आर्थिक अवस्थासमेत डामाडोल बनायो । मानिस घरभित्रै कैद हुन पुग्यो । लामो समयसम्म भौतिकरुपमा दुरी कायम गर्नु पर्दा मानिस विभिन्न किसिमका मानसिक समस्याबाट समेत ग्रसित बन्न पुगेको अवस्था छ ।

यतिबेला संसारभरिकै अवस्था हेर्दा आत्महत्याको दर ह्वात्तै बढेको पाउन सकिन्छ । तनाव, एन्जाइटी र उदासीनताका बिरामीहरु अत्याधिक बढेको पाइन्छ । यस लेखमा समाजमा अत्यधिक बढेको एञ्जाइटीका बारेमा लेख्ने प्रयास गरिएको छ ।

एन्जाइटी वा चिन्ता पनि एक प्रकारको मानसिक समस्या हो । कुनै व्यक्तिलाई कुनै विषय वा घटनालाई लिएर चिन्ता हुनु अस्वाभाविक होइन । सामान्यतया चिन्तालाई समाधान गरे हटेर जान्छ । तर, कुनै व्यक्तिमा चिन्ता, डर, छटपटी चाहिनेभन्दा निकै बढी छ वा स्वाभाविकभन्दा धेरै छ भने यसले उसको दैनिक कामकाज र सम्वन्धमा पनि असर पारेको हुन्छ । जसलाई चिन्ताजन्य मानसिक समस्या भन्न सकिन्छ ।

एन्जाइटी एउटा लक्षणहरुको समूह हो, जसमा विनाकारण वा सामान्य कुरामा पनि डर लागिरहेको हुन्छ । एन्जाइटीमा मानिस प्रायः आफ्नो पेसा, व्यवसाय, अध्ययन वा घरको काम गरिरहेकै हुन्छ । तर, पनि जुन जोस, जाँगर र स्फूर्तिले गर्नु पर्ने हो, त्यसरी गर्न सकेको हुँदैन ।

उनीहरुलाई यो रोग निकै ठूलो रोग हो भन्ने हुन्छ । उनीहरुको निद्रा, भोक, बोलीचाली, व्यवहार तथा परिवारसँग मिलेर बस्ने क्षमतामा भने खासै परिवर्तन आएको हुँदैन । तर, यसबाट ब्यक्तिमा शारीरिक, मानसिक तथा व्यवहारिक रुपमा नकरात्मक असर पर्नुका साथै एन्जाइटीसँग सम्बन्धित लक्षणहरु देखिने गर्दछ ।

ब्यक्तिमा भीडभाडमा  बोल्न नसक्ने, डराउने, हडबडाउने जस्ता समस्या पनि एन्जाइटीमा देखिन सक्छ । जुन उचित उपचार नपाएको खण्डमा लामो समयसम्म रहन्छ र यसलाई चिन्ताजन्य विकारको रुपमा लिन सकिन्छ ।

यो समस्यामा परेको ब्यक्तिले आफ्नो चिन्ताजन्य भावना नियन्त्रण गर्न सक्दैन । यसले मुटुको धडकन तेज हुने र शरीर काँप्ने जस्ता शारीरिक लक्षण पनि देखाउन सक्छ । अत्यधिक चिन्ता र डर नियन्त्रण गर्न नसक्दा ब्यक्तिको पेशागत, सामाजिक जीवनमा समेत समस्या पैदा हुने गर्दछ । विशेष गरी एन्जाइटीमा भविश्यप्रतिको चिन्ताले सताउने गर्छ साथै वर्तमान घटनाको समेत डरले उ निकै चिन्तित रहन्छ ।

एन्जाइटीका कारणहरु

जैविक कारण : हर्मोन र न्युरोट्रान्समिटरमा गडबडी भएमा एन्जाइटी हुन सक्छ ।

वंशाणुगत कारण : आमा वा बुबामध्ये एकलाई वा दुबैलाई एन्जाइटीसम्बन्धी समस्या भएमा छोराछोरीमा पनि यस्तो समस्या देखिने सम्भावना बढी हुन्छ । एन्जाइटीसम्बन्धी समस्यामा ब्यक्तिको वंशाणुगत कारणले ठूलो भुमिका खेल्छ । विभिन्न शारीरिक तथा मानसिक रोगहरु, औषधीजन्य प्रभाव अथवा जटिल सर्जरी जस्ता चिकित्साजन्य कारणहरुले पनि एन्जाइटी सम्बन्धी समस्या निम्त्याउन सक्छ ।

मनोवैज्ञानिक कारण : यो व्यक्तिको विचार, भावना, व्यवहार, दृष्टिकोणसँग सम्बन्धित हुन्छ । जस्तै : ब्यक्तिमा घबराहट, चिन्ता अथवा बेचैन महसुस हुन्छ भने त्यस्तो व्यक्तिलाई एन्जाइटीसम्बन्धी समस्या भएका हुन सक्छ ।

सामाजिक कारण : अन्तरवैयक्तिक सम्बन्ध, वैवाहिक अवस्था भयो वा समाजमा एवं सामाजिक परम्पराहरुमा व्यक्ति आफु समायोजन हुन सकेन भने पनि उसमा एन्जाइटिसम्बन्धी समस्या देखिन सक्छ ।

वातावरणीय कारण : व्यक्तिले कार्यस्थलमा तनावपूर्ण अवस्था भोगेको छ भने पनि उसलाई एन्जाइटी डिसअर्डर हुन सक्छ । यौन दुव्र्यवहार सामना गरेको, परिवारमा राम्रो हेरविचार नपाएको, माया नपाएको, हिंसामा परेको तथा शोक वा आघातबाट गुज्रिएको अवस्थामा पनि एन्जाइटी डिसअर्डर हुन सक्छ ।

शारीरिक रोगहरु : कहिलेकाहिँ ब्यक्तिमा दीर्घ शारीरिक रोगहरु लागेको हुन्छ । क्यान्सर, एचआइभी पोजेटिभ जस्ता रोगहरु लाग्दा पनि ब्यक्तिमा एन्जाइटीको समस्या हुन्छ ।

डिप्रेसन वा उदासीनता : डिप्रेसनका बिरामीहरुमा पनि यो रोग देखिने गरेको छ ।

चिन्ता (Anxiety) का लक्षणहरु

·        मुटुको धड्कन अत्याधिक बढेको महसुस हुने

·        निन्द्रामा गडबडी

·        त्रास, डर, असजिलो, छटपटी हुने

·         छिटो छिटो दिशा पिसाब हुने

·        पेट सम्बन्धी समस्या देखिने

·        हात खुट्टा चिसो हुने, भाउन्न हुने, थरथर काँप्ने

·        रिँगटा लाग्ने

·        मानसिक तनाव भैरहने जसका कारण टाउको दुख्ने, छटपटी हुने र हातहरूमा सामान्य कम्पन आउने

·        घाँटीमा गाह्रो भएको, निस्सासिएको महसुश हुने

·        अत्याधिक पीर र चिन्ताको महसुश हुने, चिन्ता लिन्न भनेर जतिसुकै प्रयास गर्दा पनि केही नलाग्ने  

·        कुनै कुरामा ध्यान केन्द्रित गर्न कठिनाइ हुने

·        खल्खली पसिना आउने

·        विनाकारण एक्कासी डर लाग्ने, आत्तिने

·         थकित अथवा कमजोर महसुस हुने

·        घबराहट, बेचैन महसुस हुने 

·        तनावग्रस्त भएको अनुभव हुने

·        दुखेको महसुस हुने

·         शान्तसँग बस्न नसक्ने

·        मुख सुख्खा हुने

·        मांशपेसीहरुमा तनाव संकुचनको अनुभूति

·        समस्याका बारेमा चाहिने भन्दा धेरै सोच्ने

·        चिन्तालाई नियन्त्रण गर्न कठिनाई

·        आसन्न खतरा, आतंक, पीडा अथवा बर्बादीको अनुभूति हुने

एन्जाइटी डिस्अर्डरबाट मानिसलाई बाहिर निकाल्ने विधि :

१० यो रोग जटिल अवस्थामा छ भने मनोचिकित्सकको सल्लाह बमोजिम औषधीजन्य उपचार गर्न सकिन्छ ।

२० मनोपरामर्श र साइकोथेरापी जस अन्तर्गत विभिन्न किसिमका तरिकाहरू अपनाउन सकिन्छ । जस्तै– विभिन्न किसिमका आरामदायी अभ्यासहरू, भावनात्मक सहयोग, कग्नेटिभ बिहेभियर थेरापी आदि । कतिपय सेवाग्राहीलाई औषधी तथा साइकोथेरापी र  मनोपरामर्श दुवै सेवासँग सँगै गर्दा छिटो पहिलेको अवस्थामा फर्कन सक्छन् ।

३०जीवनशैलीमा सुधार जसअन्तर्गत उचित आहार, निद्रा, व्यायाम, आराम, तनाव व्यवस्थापन, योगा तथा ध्यान आदि नियमित गर्नाले पनि एन्जाइटी सञ्चो हुन्छ  ।

४० एन्जाइटीका सेवाग्राहीलाई सामाजिक समर्थन सञ्जाल तथा मनोसामाजिक सहयोगद्वारा पनि उपचार गर्न सकिन्छ । परिवारलाई समेत मनोशिक्षा दिएर यसको उपचार गर्न सकिन्छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।